Header Ads

दसैंको टिकट बुकिङ मंगलबारदेखि

काठमाडौं, २५ भदौं – बढी भाडा लिन पाउने र हुटमा यात्रु राख्न पाउने आफ्नो माग सरकारले पूरा गर्ने भएपछि यातायात व्यवसायीले मंगलबारदेखि दशैंको लागि टिकट बुकिङ खुला गर्ने भएका छन् ।

दसैंका लागि यात्रुहरू राजधानीबाट घर फर्कन नपाएमा ठूलो विरोध हुनसक्ने त्रासमा रहेको सरकारलाई यातायात भाडा बढाउने र बस, मिनीबस र माइक्रोमा हुट राख्न पाउनुपर्ने मागमा सहमति गर्न बाध्य पारेपछिमात्र यातायात व्यवसायीहरू अग्रिम टिकट बुकिङ खोल्न तयार भएको जानकारी स्रोतले दिएका छन् ।

महासंघले यातायात भाडा वृद्धि र बस, मिनीबस र माइक्रोमा हुट र छत राख्न नपाएसम्म दसैंका लागि अग्रिम बुकिङ खुला नगर्नेलगायतका माग राख्दै आएका थिए । यातायात विभागले भदौ २२ देखि नै अग्रिम टिकट बुकिङ खोल्न व्यवसायीलाई आग्रह गर्दै आएको थियो । आजको कान्तिपुरमा खबर छ ।
Powered by Blogger.