टिकटको अग्रिम बुकिङ खुलेन, व्यवसायीले राखे यस्तो माग
काठमाडौं, २२ भदौ । दसैं सुरु हुन दुई साता मात्र बाँकी हुँदा समेत उपत्यकाबाट बाहिरिने यात्रुका लागि खोलिने अग्रीम टिकट बुकिङ यस वर्ष पनि खुल्न सकेको छैन ।
व्यवसायीले आफ्नो माग सम्बोधन गर्न सरकारसँग सौदाबाजी गर्दा त्यसको प्रत्यक्ष मार उपत्यकाबाट बाहिरिने लाखौं यात्रुमा पर्ने देखिएको छ । आजका पत्रपत्रिकाले समाचार छापेको छ ।
एक साताअघि यातायात व्यवस्था विभागमा भएको छलफलमा केही माग सम्बोधन भए बिहीबार (आज)देखि बुकिङ खुल्ला गर्न राजी भएका व्यवसायीले सरकारसँग सौदाबाजी गरेका छन् ।

विभागले आफ्नो कुनै पनि माग पुरा नगरेको भन्दै निर्धारित समयमा बुकिङ तयारी नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
सरकारले दुर्घटना बढाएको भन्दै हटाएका बसको छत पुनः राख्न पाउनुपर्ने व्यवसायीको माग छ । पुनः छत राख्न नपाए टिकट बुकिङ नै नखोल्ने बताएका छन् ।
यस्तै भाडा वृद्धि र सडकको अवस्था सुधार गर्नुपर्ने माग पनि व्यवसायीको छ ।