९ कक्षा पढ्न थालेकी करिश्मा मानन्धर भन्छिन, मैले पढ्दैमा के महाभारत भो र ?
काठमाडौं । ‘म ओली (एमाले अध्यक्ष केपी शर्मा ओली) जीको कदर गर्छु। उहाँको राजनीतिक चातुर्य र क्षमताको प्रशंसक पनि हुँ’, नायिका करिश्मा मानन्धरले भनिन्, ‘तर, उहाँलाई जनताले ८ कक्षा पढेको नेता भन्दा निको लाग्दैन।’
नयाँ शक्ति पार्टीको राजनीतिमा सक्रिय नायिका करिश्माले सोमबारको कार्यक्रममा आफू ९ कक्षा पढ्न थालेको प्रसंग सुनाएपछि यो खबर मिडियामा ‘भाइरल’ बन्यो।उनले भनिन्, ‘मैले पढ्न थालेर के महाभारत भयो र ? पढ्ने, लेख्ने र सिक्ने कुरा जहिले, जसले सिक्दा पनि त हुन्छ नि !’
०४२ सालमा ‘सन्तान’ चलचित्रबाट नायिकाका रूपमा देखिएकी करिश्माले त्यसबेला पढ्ने फुर्सद नै पाइनन्। कलकलाउँदो उमेरकी उनलाई कलाकारितामै भ्याइनभ्याइ भयो। ‘७ कक्षा पढ्दापढ्दै कला क्षेत्रमा लागेँ, नभ्याएपछि पढाइ छाडेँ’, उनले भनिन्, ‘यौवनावस्थामा थिएँ, कलाकारितामा डिमान्ड हुने बेला नै त्यही हो, त्यसबेला कला बेच्नमै फुर्सद भएन।’
त्यसो त करिश्मा यतिबेला पनि फुर्सदिली छैनन्। तीन दशकभन्दा लामो कलायात्राले आर्जेको उनको ‘नेम र फेम’ आज पनि ‘डिमान्ड’ मा छ। नयाँ शक्तिको जन्मसँगै सुरु गरेको राजनीतिक जिम्मेवारीमा पनि उनी सक्रिय छिन्। सँगै उनले नयाँ प्रोजेक्टमा काम गरिरहेकी छन्।
चलचित्र निर्मातासम्मको भूमिका पूरा गरेकी उनी लामो समय अमेरिकामा पनि बसिन्। २२ वर्षकै उमेरमा गोरखा दक्षिणबाहुले सम्मानित भइन्। ‘हुनेखाने श्रीमान् भएकैले आजसम्म पाएका अवार्ड, सम्मान र प्रशंसापत्र सँगालेर राखेकी छु’, करिश्माले भनिन्, ‘तर ती अवार्डभन्दा पनि पढाइको आफ्नै महत्व हुँदो रहेछ। त्यसैले पढ्नुपर्छ भन्ने लाग्यो र पढ्न थालेँ।’
०७२ सालको नाकाबन्दीयता आफूलाई अब्बल राष्ट्रवादीका रूपमा स्थापित गराएका एमाले अध्यक्ष केपी ओलीको प्रसंग कोट्याउँदै उनले भनिन्, ‘ओलीले विभिन्न राजनीतिक आरोप, आक्षेप, वितृष्णा खेप्नुभयो। तर, नाकाबन्दीयता उहाँ नै सबैको नजरमा राष्ट्रवादी हुनुहुन्छ। यो क्षमता, योग्यता र विद्या कुनै युनिभर्सिटीमा पाइँदैन।
तर, जनताले ‘८ कक्षा पढेको नेता’ भन्न छाड्दैनन्।’ उनले आफ्नो ज्ञानको दायरा, योग्यता र सकारात्मक सामाजिक सन्देशका लागि विद्यालय भर्ना भएको पनि बताइन्। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।