Header Ads

सनसनीपूर्ण खलासाः सुरक्षाकर्मी नै ८८ किलो सुन तस्करीका सहयोगी

काठमाडौं, २६ भदौं । नुवाकोट कटेर केरूङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाइन्ट कट्नुपर्छ। जिल्लाको टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावतीमा एक चेक पोष्ट छन्।

रसुवा कटेर टिमुरे, स्याफ्रु, धुन्चे र कालिकास्थानमा नेपाली सेनाका चार वटा चेक पोष्ट छन्। लाङटाङ राष्ट्रिय निकुञ्जम रहेको सेनाले पनि चेक पोष्ट राखेको छ।

सीमा र धुन्चेमा सशस्त्र प्रहरीको दुई चेकपोष्ट छन्। प्रहरीको सीमाको दुईसहित स्याफ्रु, धुन्चे, कालिकास्थान र बेत्रावतीमा ६ वटा चेक पोष्ट छन्।

हरेक चेकपोष्टले सामान बोक्ने सवारीसाधनको विवरण रेकर्डमा राख्ने गरेको भए पनि ८८ किलो सुन फेला परेको गाडीको रेकर्ड टिमुरेस्थित सशस्त्र प्रहरीको चेक पोष्टमा मात्र दर्ता छ।

सुरक्षा स्रोतका अनुसार नेपालतिरको अन्तिम नाका टिमुरेमा भदौ १५ गते गाडी पार भएर तिब्बत गएको देखिन्छ। सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरी अपराध महाशाखाका अनुसार सो गाडी १८ गते केरूङहुँदै काठमाडौं भित्रिएको थियो।

रसुवाको कुनै पनि चेकपोष्टमा सो गाडी आएको तथ्याङ्क नहुँदा सुन तस्करीमा सुरक्षा संगठनको व्यवहार शंकास्पद देखिएको छ। खबर आजको नागरिक दैनिकमा छ ।
Powered by Blogger.