Header Ads

गीतसंगीत पाराखीका लागि आयो मोबाईलमा भिडियो हेर्न मिल्ने एप्स

काठमाडौं । विश्व बजारमा मात्र हैन, नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम बढ्दो छ। गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरू पनि थुप्रै छन् र ती डाउनलोड हुने संख्या पनि उल्लेख्य छ।

नेपालीले केही यस्ता महत्त्वपूर्ण एप्स बनाएका छन् जो दैनिक जनजीवनमा महत्त्वपूर्ण साबित भइरहेका छन्। यस्तै  नेपाली गीत संगीतलाई मध्य नजर राख्दै नेपाली गीत संगीत प्रेमी प्रति समर्पित नेपाली म्युजिक भिडियो नामक एप्स बजारमा आएको छ ।

नेपाली गीत संगीत प्रेमी, दर्शक, कलाकार सबैलाई यो एप्सले सहयोग पुग्ने विश्वास राखीएको छ । गुगलको प्लेस्टोरमा लन्च भएको यो एप्सलाई छोटो समयमा धेरै प्रयोग कर्ताले रुचाएका छन् । नेपाली गीत संगीतको बिश्व ब्यापी हुन नसकेको बेला शुरु भएको यो एप्सले नेपाली गीत संगीतको बजारलाई पक्कै पनि बिश्वब्यापी बनाउने कुरामा कुनै दुईमत छैन ।

यस एप्स भित्र धेरै ओटा क्याटेगोरी समाबेस भएको एक मात्र नेपाली एप हो । गीत संगीत लाई माया गरौ , श्रष्टा, कलाकार, देशका गहना हुन् , सम्मान गरौ, भन्ने मनसायले सुरुवात गरीएको यो एपमा नयाँ नयाँ म्युजिक भिडियोहरु, तीज गीत,  चलचित्र , चलचित्रका गीत , आधुनिक गीत , लोकदोहोरी , चाड पर्ब गीत , पप गीत , लगायतका अन्य गीतहरुको फिचर्स समाबेस छन् । साथै प्रयोगकर्ताले मन पराएको कुनै पनि गीतलाई फेबरेट लिस्टमा राख्न मिल्ने सुबिधा पनि छ ।

गीत संगीतको मात्र धेरै उत्पादन हुने तर बजार नखोजीदा पछिल्लो समय नेपालि गीत संगीतमा लागेर जीवन यापन गर्न समेत समस्यामा परेको हामी सुन्छौ ।

यस्तै बजारमा आइसकेका गीतहरु पनी राम्रो सँग  बजार प्रबर्द्धन नहुदा स्रोता दर्शकले आफुले चाहेको गीत संगीतलाई सजीलै सुन्न र हेर्न सकीरहेका छैनन् । अन्य विकशीत देशहरुको तुलनामा नेपालमा इन्टरनेटको विकास भएको त्यति लामो समय भएको छैन । तर पनि निकै छोटो समयमा नेपालीहरु इन्टरनेटमै सबै कामहरु गर्ने गर्दछन् त्यसमा पनि पछिल्लो समय मनोरञ्जनको लागि निक्कै इन्टरनेट नै प्रयोग गर्ने गरेको पाइन्छ ।

गीत संगित हेर्न र सुन्न , चलचित्र हेर्न , र अन्य बिभिन्न मनोरञ्जन दर्शकले इन्टरनेट बाटै लिने गरेकाले यस एप्सको प्रभाबकारिता उच्च देखिन्छ । यस्तैलाई मध्यनजर राख्दै यो एप बजारमा ल्याएको यसका बिकासकर्ता बताउछन् । कुनै  पनि च्यानल मार्फत  युट्युबमा अपलोड गरिएको भिडियोलाई इम्बेड गरि भिडियो एप मार्फत डिस्प्ले गराईएको हुनाले भिडियोको भ्युऊ स्वोत बढ्ने हुनाले यो एपले गीत संगित प्रेमी दर्शक मात्र नभएर सिङ्गो गीत संगीतकर्मीलाई  समेत फाइदा पुग्ने दाबि  गरिएको छ ।

नेपाली टेलीभिजनको स्थापना कालमा अहिलेका जस्ता म्युजिक भिडियो प्रशारण हुँदैन थिए । गायक गायिकाले नेपाल टेलिभिजनको स्टुडियोमा बसेर आफ्नो गीतमा ओठ चलाएको भिडियोलाई म्युजिक भिडियोको नाममा प्रशारण गरिन्थ्यो कुनै एक काल खण्डमा । तर

आजकाल दैनिक आधा दर्जनका दरले एकसे एक नेपाली म्युजिक भिडियो निर्माण भईरहेका छन् । नयाँ युग सँगै  नेपाली म्युजिक भिडियो एप्स एन्ड्रोइड मोबाइलका लागि गुगलको प्लेस्टोरमा उपलब्ध  रहेको यसै समाचारमा जानकारी गराइन्छ ।

जसलाई प्लेस्टोरमा गएर ‘नेपाली म्युजिक भिडियो’ (Nepali Music Video) टाइप गरि सर्च गरेर डाउनलोड गर्न सकिने छ । यो एप्स खास गरि बिश्वमा छरीएर बस्नु भएका गीत संगीत प्रेमी आम नेपालीका लागि बढी प्रभाबकारी हुने डेब्लोपरको भनाई छ । यस एप्सका प्रयोगकर्ताले दिएको सुझाब, प्रतिक्रियाको आधारलाई उच्च मान्यताको साथ आउदा दिनमा अन्य फिचर्स लगाएत सुबिधा थप गर्दै भर्सन उपग्रेड गर्ने  र अझै सहज र सरल  तरिकाले मोबाइल डाटा र वाई फाई  इन्टरनेट मार्फत चलाउन मध्य नजर राखिने  डेब्लोपर बताउछन् ।

#गुगल प्लेस्टोरबाट एप्स सिधै डाउनलोड गर्ने लिंक  : https://play.google.com/store/apps/details?id=com.nepalimusicvideo

Powered by Blogger.