Header Ads

मिति: वि.सं.२०७३ साल बैशाख ०५ गते आइतवार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

... मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
कमजोरीका बिच पनि गरेका अधिकतम काम पुरा हुने छन् |शैक्षिक क्षेत्रको लागि समय उपयुक्त रहेको छ |मानसिक शान्ति भएको अनुभूति हुने छ |कार्य क्षेत्रमा अनेक राम्रा अवसर मिल्ने छन् |कल्पनासिल शक्तिले गर्दा कला साहित्यमा बिशेष प्रगति हुने छ |

... बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
भोलिको लागि सोच राखेर गरिने काममा नया उर्जा मिल्ने छ |परिवारको साथ पाइनाले धेरै राम्रा काम सम्पन्न हुने छन् |बिद्या बुद्धि र विवेकको कारण समाजमा सम्मानित भइने छ |कार्य व्यस्तता बनिरहने छ |झुठा आरोप लग्न सक्ने छन् |मानसिक शान्ति हुने छ |

... मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्राकृतिक बिपदाको सामना गर्नु पर्ला | सम्पदाको सदुपयोगमा भने सहि रुपमा अघि बढिने छ |विवादित कुराको अन्त्य हुने छ |धार्मिक कार्यमा अधिक धन खर्च होला|धनको ब्यवहारमा तपाईलाइ घाटा होला |ब्यापार सोचेको अनुसार अघि बढ्ने छैन |

... कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बैदेसिक कामको लागि दिन उपयुक्त रहने छ |लामो दुरीको यात्रा सफल हुने छ |कार्य व्यस्तताको बीच धर्मिक कार्य सम्पन्न हुने छन् |राजनीतिमा रुची हुने छ|सरकारी कामबन्ने छन् |मनमा केहि नया गर्ने सोच जाग्ने छ |सोचेको र भोगेको बीच मेल खाने छ |

... सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) आर्थिक कारोवार सफल हुने छ |मातृभुमीको लागि केहि गर्ने सोच पुरा हुने छ |सन्तान मार्गबाट लाभ हुने छ |सहयोग आदान –प्रदानमा तपाइको तपाइको भूमिका उँचा रहने छ |कार्य क्षेत्र सफल हुने छ |मेसिनरी बस्तुको प्रयोग गर्दा सावधान रहनु होला |

... कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कल्पनामा डुबिरहदा बास्ताबिकता भन्दा टाढा रहने स्थिति रहने छ| बैवाहिक जीवन सोचेको भन्दा कमजोर रहला |सामाजिक काममा खर्च हुने छ |सिमित कामनाका कारण सोचेका अधिकतम काम पुरा हुने छन् |मातृ सुख पाइने छ |शैक्षिक क्षेत्रमा रुचि हुने छ |

... तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
 समय अनुपयुक्त रहेको छ |ब्यापार घाटा होला |सामाजिक रुपमा आफु तल परिने छ |लामो दुरीको यात्रा तय गर्नु पर्ने हुने छ |विवादित कुरामा व्यर्थमा समय बित्ने छ |मन मिल्ने साथिबाट असहयोग होला |शरीरमा घाउ चोटको भय बनिरहने छ |

... बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आपसी सदभाव बढ्ने छ |मित्रता दिगो हुने छ |आरोप /प्रत्यारोपले गर्दा काम गर्न भने गाह्रो होला |निरंतरको कोसिस भने ब्यर्थ जाने छैन |आपसी सदभाव बढ्ने छ |कार्यक्षेत्र राम्रो प्रतिफल दिने वाला रहेको छ |सिमित कामना पुरा हुने छन् |

... धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
इमान्दार कोसिसका कारण सोचेका कामना पुरा होलान |बिवादबाट मुक्ति मिल्ला |रमाइलो वातावरणमा दिन बित्ने छ |सभा सम्मेलन आदिमा तपाइको उपस्थिति बन्ने छ |दिगोरुपमा कामको थालनी हुने योग छ|अपरिचित ब्यक्तिबाट सहयोग पाइने छ |

... मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विवादमा नपरेको राम्रो |अरुलाई गरेको सहयोगको राम्रो प्रतिफल आउने छ |कामको उचित जस पाइने छ |बोलीको कारण विवादमा परिएला |सुभ कामको थालनि हुने छ |आफुलाई अरुचि लाग्ने कुरा गर्नु पर्ने हुने छ |मानसिक सान्ति भएको अनुभूति हुने छ|

... कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन उपयुक्त रहेको छ |धेरै राम्रा कामहरु सम्पन्न हुने छन् |बैचारिक रुपमा अघि बढ्दा सफलता अति निकट रहने छ |कला साहित्य रचनात्मक बिषयमा लगाव हुने छ |माया प्रेममा आफुलाई अनुकुल समय रहेको छ |कार्य क्षेत्र सम्बृद्ध हुने छ |

... मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
नकारात्मक सोचले गर्दा मानसिक असान्ती हुने छ |गुमेको धन पुन हात लाग्ने छ |बिचारले तपाइलाई अग्रणी बनाउने छ |तार्किक क्षमता उँचा रहने छ |पारिवारिक जिम्मेवारी मिलने छ |कार्य क्षेत्र बिशेष फलि रहने छ |विवादका कुरा मिल्ने छन् |
Powered by Blogger.