कमाउन हिँडेको दुई दिनमै बाकसमा घर फिर्ता भएपछी
काठमाडौं । खोटाङको राखाबादेल ९ की ३२ वर्षीया लक्षी राई दुबई जाने अन्तिम तयारीमा थिइन् ।
हाल राजधानीमा बस्दै आएकी लक्ष्मी विदेश जानुअघि एकपटक आमा र दाईलाई भेट गर्न भनेर राखाबादेल पनि आइन् । आजको नागरिक दैनिकमा खबर छ ।
गाउँ आएलगत्तै राजधानी फर्किएकी उनी महादेवस्थान १ बर्खेटारमा मंगलबार भएको बस दुर्घटनामा वितिन् ।
विदेश जाने, सम्पत्ति कमाउने अनि स्वदेश फर्केर परिवारसँग सुखसयलका साथ जीवन बिताउने सपना बोकेर घरबाट विदा भएकी लक्षीले जिल्लाकै बर्खेटार पार गर्न पाइनन् ।
विदेशबाट बहिनीले पठाएको पैसा बुझ्ने आसमा आशिर्वाद लिएर बिदा गरेका दाइ अभयकुमार राईले उल्टै बहिनीको शव बुझ्नुपर्यो ।
समस्या परेका बेला पैसा पठाइदिन्छु भन्दै हिँडेकी लक्ष्मीलाई दुई दिनमै बाकसमा हालेर गाउँ पुर्यािइयो । वैदेशिक रोजगारीका सिलसिलामा लक्ष्मी यसअघि पनि साइप्रस पुगेकी थिइन् ।
साइप्रसमा सोचेजस्तो कमाइ नभएपछि फर्किएकी उनी पहिले डुबेको लगानीसमेत उकास्ने सोचका साथ विदेशिने तयारीमा थिइन् ।