संजिपको उपचारका लागि इजरायलबाट जुट्यो सहयोग
काठमाण्डौ । वैदेशीक रोजगारिको शिलशिलामा एक वर्ष अगाडी ठूलो सपना लिएर मलेसिया गएको रामेछाप जिल्ला, रामेछाप नगरपालिका वडा नं. ५ स्थिाई निवासी संजिप तमाङको सपना अधुरै रह्यो ।
मलेसियाको एक कम्पनीमा काम गर्दा गर्दै दुर्घटनामा परेका संजिप तमाङ अहिले प्रवासमा राम्रो उपचार नहुने भएपछि नेपाल आएकाछन् । मलेसियाको सेलागरमा रहेको केनवोंन कार्टुन एस डी एन बि एच डी कम्पनीमा कार्यरत संजिप गत फेब्रुअरी ५ तारिखका दिन बिहान ९ बजेतिर दुर्घटनामा परेका थिए ।
दैनिक ड्युटिमा रहेकाबेला कार्टुन प्रिन्ट गर्ने मेसिनमा दायाँ हात पर्न गई पुरै हात पिल्सिएको र नाडीको हड्डी फुटेको अवस्थामा छन् । घटना पछि संजिपलाई कम्पनीले उपचारका लागि अस्पताल लगेको थियो । पाँच दिन अस्पतालमा उपचार पश्चात उनी होस्टलमा बसिरहेका थिए ।
श्रमिकहरुको लागि विदेशमा राम्रो उपचार नहुने भएको कारण उनी तत्कालै नेपाल फर्किएका हुन । नेपाल फर्किए लगतै उनी महाराजगञ्ज स्थित टिचिङ्ग अस्पतालमा भर्ना भैई उपचार गराई रहेकाछन् । ऋण गरेर गएको रकम तिरि नसक्दै दुर्घटना भएपछि उनलाई थप आर्थिक भार परेको छ ।
उपचारको क्रममा डाक्टरको सल्लाह अनुसार ६ हप्ता पुरा भएपछी हातमा राखिएको स्टिल (रड) केहि दिन अगी निकालिएको छ । र दाँया हातको पाखुरामा चोट ठुलो भएकोले धेरै समय सम्म घाउ राखी रहदाँ इन्फेक्सन हुने भनिएकोले डाक्टरको सल्लाह अनुसार गत सोमबार सर्जिकल अपरेशन गरेको न्यूज अभियानलाई तामाङले बताए ।
न्यूज अभियान डटकमद्धारा सञ्चालित न्यूज अभियान अक्षय कोष मार्फत सहयोगको अपिल भन्ने समाचार सम्प्रेसन गरे पश्चात सहयोग जुट्ने क्रम अझै पनि जारि छ । ईजरायलमा कार्यरत दावा योन्जनले आफु शो-इच्छाले संजिपको चर्याई रहेको घाऊमा मल्हम लगाउन सहयोग स्वरुप दश हजार रुपैया आज हस्तान्तरण गर्नु भएको छ । दावा केहि बर्ष देखि बैदेशिक रोजगारीको शिलसिलामा इजरायलमा कार्यरत छन् । उनि संजिपका जिल्लाबासी हुन् । मलाई जस्तो यस्तो पीडा कसैलाई नहोस भन्दै सबै सहयोगी मनहरुलाई संजिपले हृदयदेखि नै धन्यबाद दिए । अहिलेसम्म जुटेको सहयोग रकम निम्न प्रकार छन् :
१, फुर्तेंजी शेर्पा : ताइवान रु १०,०००
२, प्रदिप तमाङ : दुबई रु १०,०००
३, न्यूज अभियान अक्षय कोष : रु २०००
४, सागर श्रेष्ठ : काठमाडौं रु १०००
५, छायाँचन्द्र भण्डारी : काठमाडौं : रु १०००
६, उद्धव तमाङ : काठमाडौं : रु ५०००
७, रोजिना लामा, काठमाण्डौ : रु ५००
८,केनवोंन कार्टुन कम्पनीमा कार्यरत संजिपका साथीहरु (मलेसिया) बाट : रु ७०००
९, जङ्ग तामङ , इजरायल - रु - ५०००
१०,प्रदिप तमाङको पहलमा : दुबईबाट रु - १५,२७५
११, दावा योन्जन : इजरायल रु - १०,०००
ईच्छुक नेपाली दाजुुभाई दिदी बहिनी र आफन्तहरुबाट सहयोगको अपेक्षा गरिएको छ । निज संजिप तमाङलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले निम्न सम्पर्क नम्बर (९८२३१९५९७९) मा कल गरेर बिस्तृत जानकारी तथा सहयोग गर्न सक्नु हुनेछ ।