Header Ads

रामप्यारीको रोमान्टिक गीत सार्वजनिक , रेखा सविनलाई यस्तो भन्दैछिन् (भिडीयो हेर्नुस् )

काठमाडौँ । रेखा थापाले निर्माण गरेको बहुप्रतिक्षित चलचित्र रामप्यारीको रोमान्टिक गीत सार्वजनिक भएको छ । "अर्को जुनी" बोलको गीतमा रेखा आफैले संगित भरेकी छन् । भने गीतमा मनिषा पोख्रेल र राजेसपायल राईको स्वर सुन्न सकिन्छ ।


 फरक शैलीमा तयार पारिएको भिडीयोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । सार्वजनिक गीतले सम्पुण दर्शकको मन जित्ने विश्वास निर्माण युनीटले राखेको छ । रेखाको बर्षमा एक चलचित्र मात्र बजारमा आउने भएकोले पनि यो चलचित्र बहुप्रतिक्षित बनेको हो ।


 सबिर श्रेष्ठले निर्देशन गरेको चलचित्रमा रेखा थापा महिला टेम्पो चालकको भूमिकामा प्रस्तुत भएकी छन् । ‘राम प्यारी’ की प्रस्तुतकर्ता रेखा फिल्मको शिर्ष पात्र हुन् । उनले आफ्नो फिल्मचलचित्रले सम्पूर्ण मजदुरको आवजलाई सम्बोधन गर्ने बताउछिन् ।


 चैत २६ गते देखि अल नेपाल प्रदर्शनमा आउने यो चलचित्रमा जगदिश्वेर थापाको पटकथा एंव संवाद शिव ढकालको छायांकन रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन र रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् देख्न सकिन्छ।चलचित्रमा रेखा थापा , सबिन श्रेष्ठ , आभास अधिकारी र आश्मा डीसी लागायतको अभिनय रहेको छ ।
Powered by Blogger.