महानायकको ‘सकुन्तला’ छायांकनमा
काठमाडौँ । यतिबेला चलचित्र ‘बाग्मती’ को प्रचारप्रसारमा ब्यस्त रहेका नायक राजेश हमाल फेरी नयाँ चलचित्रमा देखिने भएका छन् ।
अबभने उनि ‘सकुन्तला’ चलचित्रमा देखिन लागेका छ जुन चलचित्रको आजबाट छायांकन समेत सुरु भएको छ ।
ग्रीनहिल भी.एफ.एक्स प्रा.लिको ब्यानरमा महेश्वर खत्री र श्रीपसा खत्रीले सयुक्त रुपमा निर्माण हुन लागेको चलचित्रमा राजेश हमाल र नायिका अनु शाह मुख्य भूमीकामा देखिने छन् ।
चलचित्रमा अनु रिपोर्टरको भुमिकामा काम गर्देछिन् ।भने नायक हमालको भुमीका भने गोप्य राखिएको छ ।
चलचित्रमा निर्देशन, छायाँकन तथा लेखन दिनेश श्रेष्ठ , अष्ट महर्जनको द्धन्द संगित भने अर्जुन पोखरेलको रहनेछ ।
चलचित्रमा राजेश र अनुको साथमा किशोर खतिवडा, रविन्द्र बस्नेत, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदीप कुमार उदय, प्रदीप ढकाल लगायतका कलाकारको अभिनय रहेने भएको छ ।

