Header Ads

बढी भाडा असुल्नेलाई ५ हजार जरिवाना

चितवन । दुई– चार रुपैयाँको लोभ गदा चितवनका यातायात व्यवसायीहरुले पाँच हजार रुपैयाँसम्म जरिवाना तिर्नुपरेको छ ।

घटेको भाडा लागू नगर्ने र विद्यार्थीलाई छुट नदिने ५१ वटा सार्वजनिक सवारीसाधान कारबाहीमा परेका छन् ।

 जिल्ला प्रहरी कार्यालय चितवनले सुरु गरेको कारबाही अभियानमा चितवनका विभिन्न रुटमा चल्ने मिनिबस, माइक्रोबस र म्याजिक बस गरी ५१ वटा कारबाहीमा परेका हुन् ।

प्रहरीको सिफारिसमा यातायात व्यवस्था विभागले उनीहरुलाई ५ हजार रुपैयाँसम्म जरिवाना गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.