डेब्यु मोडल विनु सुवेदीको आगमन संगै भन्छिन् नो किस, नो बेड सिन - भिडियो
काठमाण्डौ । पछिल्लो समय नेपाली मनोरंजन क्षेत्रमा नयाँ कलाकारहरुको बाक्लै प्रवेश गरेको पाइन्छ । यसमा पनि बिशेष गरि मोडलिङ क्षेत्रमा हामी बाक्लै नयाँ अनुहार तथा मोडलहरुको आगमन साथै प्रतिभा र अभिनय देख्ने गरेका छौ । डेब्यु मोडलहरुले प्राय चर्चित गायक गायीकाहरुका गीतमा लगानी नै गरेर पनि मोडलिङ गर्न मन पराउछन ताकी आगमन नै चर्चित गीतबाट होस भन्ने पनि कतिले सोचेका हुन्छन् । पुराना मोडल र फिल्मका चर्चित नायीकाहरु पनि तिजको गीतमा नाच्नुलाई अवसर कै रुपमा लिन्छन। चर्चित गायीका विष्णु माझीको तिज गीत भिनाजु पल्केरमा सुमीना घिमीरे र मेन्दीलगाउ एई बुडामा सुस्मा अधिकारीको नृत्यले ति गीतहरुलाई थप ग्ल्यामर बनाउन मद्दत गरेको कुरा हामी माझ विदीतै छ । यस्तैमा विष्णु माझीकै पछिल्लो तिज गीत “मलाई त फिरी छ” मा महानायक राजेस हमाल संग कन्फिडेन्सीयल एक्टिङ र दमदार नृत्य प्रस्तुत गरेर अचानक चर्चामा आएकी शंकरदेव क्याम्पसमा विविएस तेश्रो वर्षमा अध्ययनरत मोडल विनु सुवेदी संग सारांसमा गरिएको केहि रमाईलो कुराकानी ।
तपाईको कलाकारीतामा आगमन कसरी भयो भन्ने हाम्रो प्रश्नमा विनु मुस्कुराईन र छड्के नजर घुमाउदै बोलीन-हेर्नुस मेरो घर सुर्खेत हो । सुर्खेत मै रहदा म सुर्खेत डान्स आईडल कम्पिटीसनमा प्रथम भएकी थिएँ । तिनै प्रतिष्पर्धामा प्रस्तुत मेरा भिडीयोहरु हजुर युट्युवमा पनि हेर्न सक्नुहुन्छ । त्यही प्रतिष्पर्धा जितेपछी मलाई पर्दा मा आउन रहर बढेको हो । त्यस लगत्तै घनस्याम खड्का को “हातमा बाला सोल्टिना” भन्ने गीतमा मोड्लीङ गरेपछी मेरो पर्दामा औपचारिक आगमन भएको हो । ईन्ट्रीलाई निरन्तरता दिदै यही क्षेत्र मा लागीरहन म संघर्षरत छु । त्यसपछी मैले अन्जु पन्तको स्वार्थि रैछौ सानु तिमी भन्ने गीतमा काम गरें। त्यो गीतमा गरेको मेरो अभीनयको सह्राहना गर्नुभयो दर्शकहरुले अनी म नृत्य र अभिनय दुवै क्षेत्रमा काम गर्न सक्छु भन्ने निर्णयमा पुगें।
तपाईको कलाकारीतामा आगमन कसरी भयो भन्ने हाम्रो प्रश्नमा विनु मुस्कुराईन र छड्के नजर घुमाउदै बोलीन-हेर्नुस मेरो घर सुर्खेत हो । सुर्खेत मै रहदा म सुर्खेत डान्स आईडल कम्पिटीसनमा प्रथम भएकी थिएँ । तिनै प्रतिष्पर्धामा प्रस्तुत मेरा भिडीयोहरु हजुर युट्युवमा पनि हेर्न सक्नुहुन्छ । त्यही प्रतिष्पर्धा जितेपछी मलाई पर्दा मा आउन रहर बढेको हो । त्यस लगत्तै घनस्याम खड्का को “हातमा बाला सोल्टिना” भन्ने गीतमा मोड्लीङ गरेपछी मेरो पर्दामा औपचारिक आगमन भएको हो । ईन्ट्रीलाई निरन्तरता दिदै यही क्षेत्र मा लागीरहन म संघर्षरत छु । त्यसपछी मैले अन्जु पन्तको स्वार्थि रैछौ सानु तिमी भन्ने गीतमा काम गरें। त्यो गीतमा गरेको मेरो अभीनयको सह्राहना गर्नुभयो दर्शकहरुले अनी म नृत्य र अभिनय दुवै क्षेत्रमा काम गर्न सक्छु भन्ने निर्णयमा पुगें।

कति वटा गीतमा काम गरेपछी राजेस हमालसंग अभीनय गर्ने मौका पाउनुभो भन्ने प्रश्नमा विनु भन्छीन-हुन त मेरा ८-९ वटा भिडीयो हरु मोडलिङ भैसकेका छन कतिपय को काम बाँकी भएको ले रिलीज हुन वाँकी छन भने कतिको काम लगभग सकिएर रिलीजको संघारमा छन। संख्यात्मक भन्दा पनि गुणात्मकतामा ध्यान दिएर अभिनय गर्ने अभिप्रायले नै मैले धेरै भिडीयोहरु गरिन कीन की कुनै कुनै अली फरक खालका गीतमा नाच्ने अफर पनि आईरहेका थिए तर म गीतको आशय मन नपरेसम्म गीतमा खेल्न सकिन फेरी म यो क्षेत्रमा आएको पनि कतिनै भयो र भिडीयो हरु विस्तारै बढ्दैछन जे होस म संतुष्ट छु।
राजेस हमाल जस्तो ठुलो कलाकार संग अभिनय गर्दा कस्तो अनुभव गर्नुभो भन्ने प्रश्न मा विनु गम्भिर बनिन,बास्तव मा म आफै महसुस गर्छु कि मेरो कन्फिडेन्ट लेवल हाई छ । म छिटो नर्भस हुन्न कीन की म कुनै हालत मा हार्न चाहन्न । सुरुमा राजेस हमाल संग अभिनय र नृत्य गर्ने कुराले थोरै नर्भस बनाएपनि राजेस सर को ब्यबाहार र हौसलाले मलाई नर्भस हुनु परेन । सिव विक सरको सपोर्टले पनि मैले यो गीत मा राजेस हमाल संग खुलेर अभिनय र नृत्य गर्न सकें। अग्रजको सपोर्ट र आफ्नो कन्फिडेन्ट लाई म्याच गराउन सकियो भने महत्वाकाँक्षा पुरा हुन धेरै समय लाग्दैन, अव म राजेस हमालको सोलो हिरोईन भएर पनि यत्तीकै सजिलो संग काम गरेर देखाउन सक्छु ।
सिनेमा मा अफर आएकै होला यस्ती सुन्दरी हुनुहुन्छ भन्ने हाम्रो प्रश्न मा विनुले निधार तिर आएको कपाल पन्छाउदै भनीन,सिनेमा खेल भन्ने सुझाव हरु आएका छन ति सुझाव हरु लाई अफर भनिहाल्न मिल्दैन होला तर पनि लुक्स र हाईट केकी अधिकारी को जस्तै छ भनेर फिल्ममा जानुपर्छ भन्ने अग्रज हरु धेरै हुनुहुन्छ सहयोग पनि गर्छु भन्नुभएको छ हेरौं केकी अधिकारी मलाई निकै मन पर्ने कलाकार हुनुहुन्छ, पहिल्यै देखी म केकी जी को अदाकारीबाट निकै प्रभावित पनि छु त्यसै ले सहि समय र सही मान्छे बाट अफर आयो भने म फिल्म पनि खेल्ने छु तर फिल्म खेल्न को लागी कुनै पनि कीसीम को अनैतिक सम्झौता म बाट हुनेछैन,अर्को कुरा हजुर ले सोध्नुभो कथा अनुसार को अंग प्रदर्शन र बेड सिन का कुरा म यि दुईटै कुरा हरु संग पर छु,देखाउने भनेको अभिनय हो आफ्नो कला हो, म आफ्नो कला प्रस्तुत गरेर ईन्डष्ट्री मा स्थापित हुन चाहान्छु।
म परिवारको सपोर्ट र आफ्नो मिहीनेत बाट यहा सम्म आईपुगें अव मैले गरेको काम बाट परिवारको सिर झुक्नुपर्ने अथवा मैले प्रस्तुत गरेको कला म मेरै परिवार संग बसेर हेर्न नसकीने हो भने मैले परिवार को भरोसा तोडेको ठहरिनेछ त्यसैले म सामीजिक मर्यादा भित्र रहेर पारिवारीक कथावस्तु बोकेका भिडीयो या फिल्म हरु मा मात्र काम गर्न चाहान्छु,अनर्गल प्रचारबाजी गरेर हिट हुने महत्वाकाँक्षा पाल्नेछैन यो मेरो कसम नै हो सम्पुर्ण परिवार र समाज को अगाडी त्यसैले पनि मेरो फिल्म डेब्यु को समय लम्विन चाही सक्छ कीनकी म कुनैपनि सर्टकर्ट माध्याम बाट स्थापित हुन चाहान्न।
अन्त्यमा म मेरा दर्शकहरु संग के भन्न चाहान्छु भने म विनु सुवेदी मेरो अभिनय तथा नृत्यको माध्यमबाट तपाईहरु माझ स्थापित हुन चाहान्छु, “मेरो भेना हङकङको लाहुरे मलाई त फिरी छ” भन्ने मैले राजेस हमालसंग अभिनय गरेको चर्चित गायीका विष्णु माझीको तिज गीत एकपटक हेरेर मेरो काम कस्तो छ मलाई सल्लाह र सुझाव दिनुहोला म हजुरहरुको सल्लाह बमोजीम आफुलाई अझै परिस्कृत बनाउने प्रयत्न गर्नेछु, हजुरहरुको माया र हौसला नै मेरो मार्ग निर्धारण गर्ने कोशेढुंगा हो।
