रामेछापको सालुमा वस दुर्घटन हुँदा ७ जनाको मृत्यु, ५० जना भन्दा बढी घाइते
रामेछाप, असोज १ । रामेछापको मन्थली नगरपालीकाको सालुमा ना ४ ख ५२४८ नम्बरको यात्रुवाहक बस शुक्रबार अपरान्ह दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ ।
२६ जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला र ४ पुरुष रहेका छन् । मृतक मध्ये तीन जनाको सनाखत भएको छ । जसमा मन्थली नगरपालिका ७ की दिलमाया मगर, गोठगाउँ ४ का हेमबहादुर थापा र गोठगाउँ ५ का भिमबहादुर बुढाथोकी रहेका छन् ।

अन्यको सनाखत हुन बाँकी रहेको छ । घटनामा परी मानिसहरुको हताहति भएपनि मृतकको यकिन संख्या पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थलीबाट गोठगाउँ जादै गरेकोे यात्रुवाहाक बस मन्थली नगरपालिका ७ मा पर्ने गैह्राथोक भिरबाट अपरान्ह ५ बजेतिर सडकबाट खसेको हो ।
बस सडक भन्दा झण्डै ५० मिटर तल खसेको स्थानीयले जनाएका छन् । बसमा ७० भन्दा बढी यात्रु थिए । प्रहरीले भने तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ ।