संवेदनशील अंग छुने र युवतीको तस्बिर खिच्ने नेपाली कामदार कोरियाबाट फिर्ता
काठमाडौं । इपीएसमार्फत दक्षिण कोरिया आई अवैध क्रियाकलापमा संलग्न रहेको ठहरिएपछि केही नेपालीलाई अध्यागमन विभागले फर्काइदिएको छ ।
गैर कानुनी क्रियाकलापमा संलग्न कामदार १० वर्षसम्म कोरिया आउन पाउँदैनन् । सहकर्मी हत्या, छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी, नक्कली कागजात, हुन्डी कारोबार अवैध बसोबास गर्नेहरुलाई फर्काइएको कारोबार दैनिकले समाचार छापेको छ ।

सहकर्मीलाई छुरा हानी घाइते बनाएको एक नेपालीलाई उपचार खर्चवापत करिव १ करोड वन तिराई नेपाल पठाइएको छ ।
सिन्धुलीका एक युवक महिलामाथि यौन दुब्र्यवहार गरेको आरोपमा नेपाल फर्किएका छन् । खाना खाने समयमा ती युवकले कोरियन महिलाको संवेदनशील अंग छोएको आरोप छ ।
त्यस्तै १६ महिनाअघि आएका नवलपरासीका अर्का नेपाली कोरियन युवतीको फोटो खिच्दा नेपाल फिर्ता हुनुपरेको छ । उनले व्यस्त बजारमा मिनिस्कट लगाएकी युवतीको फोटो खिचेका थिए ।