‘भाग्यले बाँचेकाहरु' हेर्दा सैनिक कमाण्डरहरु एकाएक किन रोए ?
उदीपुर (लमजुङ) । गत बैशाख १२ गते बिनाशकारी भूकम्प गएको पाँच महिना बितिसके पनि नेपाली जनमानसमा त्यसको धङधङी अझै सेलाएको छैन् ।
भूकम्पका कारण सन्तान गुमाएका र घरबार बिहिन भएका परिवारमात्र होईन, त्यो त्रासदीपूर्ण घटना नमेटिने छाप बनेर बसेको छ, नेपाली जनजनमा ।
भूकम्पले नेपाली जनमानसमा पु¥याएको क्षति र भूकम्पमा परी बाँच्न सफल ब्यक्तिहरुको जीवन कहानीमा आधारित रही पत्रकार गणेश पाण्डेले तयार पारेको ‘भाग्यले बाँचेकाहरु’ नामक बृत्तचित्र हेर्दा लस्करै बसेका सैनिकहरु रोएका छन् । उनीहरु कहिले हाँस्थे, कहिले आँशुका धारा खसाल्थे ।
आफ्नो ज्यानको भन्दा नेपाल आमाको कसम खाएर राष्ट्रको सेवामा जुटेका सैनिकहरु त्यो दुःखद घटनामा उद्दार गर्दा भोगेका पीडालाई एकोहोरो हेर्दै थिए । बाँच्ने झिनो आशा लिएर छट्पटाईरहेका पीडित र तिनका परिवारले बाँचेपछि पुकारेको शब्दहरु सुन्दा थुप्रै सैनिकहरुको गला अबरुद्व बनेको देखिन्थ्यो ।

‘त्यतिबेलाको अवस्था भिन्न थियो, बृत्तचित्र हेरेपछि पशुपतिप्रसाद गणका सहायक गणपति मनबहादुर लामाले भने, ‘आफ्नो भन्दा जनताको उद्वारका लागि खटियौं, हाम्रो धर्म र कर्म त्यही थियो ।’
घरले थिचेर शशस्त्र प्रहरीले उद्वार गरेपछि जिवन जोगाएका नुवाकोटका पेम्बा तामाङले दिएको अभिब्यक्तिले कार्यक्रममा जुटेका सैनिकहरुको हाँसोले कार्यक्रम स्थल गुञ्जायमान भएको थियो ।
परिवारको सुन्दर सपना बोकी बिदेशीन खोजेका ऋषि खनाल, धरहरासँगै खसेपनि बाँचेकी लमजुङकी बबिता सेडाईं देखि भक्तपुरका ७६ बर्षीय बृद्व आमाले नयाँ संसार पाएपछि देखाएको खुशी र अंगभंग पछि बाँकी जिवनको दुःखद बिलौना हेर्दा थुप्रै सैनिकहरुका आँखा रसाएका देखिन्थे ।
लमजुङ मर्स्याङदी यूवा क्लबले बेसीशहरमा आयोजना गरेको तीज उत्सव २०७२ मा सम्मान लिन लमजुङ आएका पत्रकार पाण्डेले नेपाली सेनाको पशुपतिप्रसाद गणमा बृत्तचित्र देखाएका थिए ।