सिरियामा वेचिएकी नेपाली चेली रेनु नेपाल फर्किन ...
मनोज श्रेष्ठ, काठमाडौं । द्धन्द्धग्रस्त सिरियामा वेचिएकी नेपाली चेली रेनु मगर (रस्मी)लाई उद्धारगरी नेपाल ल्याइएको छ । हलोखवर डट कमले रेनु वेचिएको खवर एक्सपोज गरेपछि चौतर्फी चासो वनेको थियो । यही समाचारपछि उनको उद्धार सम्भव भएको हो ।
रेनु सिरियाबाट शनिवार लेवलान, दुवई हुदै शनिवार साँझ नेपाल आएकी हुन । उनी नेपाल फर्किनमा नेपाल सरकारको विभिन्न निकाय, जिफन्ट, आशा फाउन्डेसनले पहल गरेका थिए । रेनु वेचिएको घरवेटीले सात हजार अमेरिकी डलर माग्दै आएपनि अन्ततः १८ सय अमेरिकी डलर जिफन्टले पठाएपछि उनको उद्धार सम्भव भएको हो ।
रेनु सिरियाबाट शनिवार लेवलान, दुवई हुदै शनिवार साँझ नेपाल आएकी हुन । उनी नेपाल फर्किनमा नेपाल सरकारको विभिन्न निकाय, जिफन्ट, आशा फाउन्डेसनले पहल गरेका थिए । रेनु वेचिएको घरवेटीले सात हजार अमेरिकी डलर माग्दै आएपनि अन्ततः १८ सय अमेरिकी डलर जिफन्टले पठाएपछि उनको उद्धार सम्भव भएको हो ।

रेनुलाई तीन वर्षकोलागि सिरिमा विक्री गरिएको थियो । तर, रेनु एक वर्ष गर्न साथ नेपाल फर्काउन वाध्य पारिएपछि उनकोलागि गरेको खर्च असुल गर्न त्यो १८ सय आवश्यकता परेको हो । मिडियामा उनको समाचार भाईरल वनेपछि रेनु वेचिएको घरवेटीलाई तारान्तार फोन गएपछि उनले पनि रेनुलाई फर्काउन वल्लवल्ल सहमत भएको रेनुले वताईन ।
रेनुको घरवेटीले दोस्रो वर्षकोलागि गरेको वर्क परमिट, मेडिकल, भीसा, इमिग्रेसन वापतको खर्च असुल गर्न त्यहो १८ सय डलर आवश्यकता परेको हो । रेनुको उद्धार गर्न इजिप्टका कार्यवहाक राजदूत कौसलकिशोर रायले पुरै तीन महिना खर्च गर्नु परेको थियो ।
युद्धग्रस्त सिरियामा नेपालको राजदूतावास वा अन्य सरकारी निकाय नभएको कारण त्यो देश पनि इजिप्टले नै हेर्दै आएको छ । कार्यवहाक राजदूत रोयले सिरियाली नागरिक मो. मरजितको सहयोगमा रेनुको उद्धार गरेका हुन । त्यसकालागि नेपालस्थित अनुसन्धान विभाग, परराष्ट्र मन्त्रालयको भूमिका पनि उल्लेख्य छ ।
जिफन्टले परराष्ट्र मन्त्रालय मार्फत उक्त रुपैया इजिप्टमा निमित्त राजदूत रोयलाई पठाई दिठाएको हो । उक्त रुपैया मध्ये रेनु वेचिएकी घरवेटीलाई दिएपनि टिकट भने आफैले काटेकी हुन । तर, उनको टिकट खर्च फिर्ता पाउने जिफन्टले जनाएको छ ।
रेनुको केसपछि सरकारले सिरियामा पनि अवैतानिक महावाणिज्य दूत राख्ने भएको छ । अवैतनिक महावाणिज्य दूत राख्ने तयारी पुरा भइसकेको छ । सम्भवत सिरियालीमा मोे. मरजितलाई दूत राखिनेछ । यति, सिरियामा राजदूतावास भइदिएको भए रेनु पन्ध्र दिनमै फर्किने थिइन ।
तर, राजदूतावास नभएपछि कानूनी हैसियत हुदैन । त्यो भएपछि अदालत, प्रहरीमा जान पाइदैन । त्यै भएर यति धेरै दुःख भएको हो, रेनुको केसमा ।
स्रोत /हलोखवर डट कम
