Header Ads

यी सुत्केरीको के दोष थियो ?, जसको यसरी हत्या भयो

धनकुटा । लगातार ३ छोरी जन्माएको र छोरा नजन्माएको भन्दै धनकुटा नगरपालिका ८ चाम्जिबुङमा एक व्यक्तिले बिहीबार राती सुत्केरी श्रीमतीको हत्या गरेका छन् ।

पत्नी शान्ति लिम्बू राईको हत्या गरी ३६ वर्षीय रश्तबहादुर राई फरार रहेको प्रहरीले जनाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

मध्यराति नवजात शिशुसँगै सुतिरेहकी पत्नीलाई पति रश्तबहादुरले ओछ्यानबाट कुट्दै घिसार्दै दलानमा लडाएर दाउरा प्रहार गरेको प्रत्यक्षदर्शी ९ वर्षीया छोरी रीतुले बताइन ।

Powered by Blogger.