पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य घटाएको छ ।
आजदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलि दुई रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा रु दुई तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु ३५ घटाइएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।
आजदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलि दुई रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा रु दुई तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु ३५ घटाइएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।

यसअघि पेट्रोलको मूल्य प्रतिलि रु १०६ र ५० पैसा तथा डिजेल र मट्टितेलको प्रतिलि रु ८४ थियो ।
खाना पकाउने ग्यासको मूल्य यसअघि रु एक हजार ४३५ भएकामा अब रु एक हजार ४०० हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण नेपाली बजारमा पनि समायोजन गर्नुपरेको प्रवक्ता बरालले जानकारी दिनुभयो ।