मिति: वि.सं.२०७२ साल भदौ ६ गते। आइतबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?
वि.सं. २०७२ साल भदौ ६ गते। आइतबार। इश्वी सन् २०१५ अगस्ट २३ तारिख। श्रावण शुक्लपक्षको अष्टमी तिथि, बिहान ०८:१३ बजेसम्म उप्रान्त नवमी, अनुराधा नक्षत्र साँझ ०६:५२ बजेसम्म उप्रान्त ज्येष्ठा, ऐन्द्र योग बिहान ०९:२२ बजेसम्म उप्रान्त बैधृति, बब करण बिहान ०८:१३ बजेसम्म,बालब बेलुकी ०८:२५ बजेसम्म उप्रान्त कौलब, आनन्दादियोगमा मृत्यु योग, चन्द्रमा वृश्चिक राशिमा, काठमाडौंमा सूर्योदय ५:३८ बजे, सूर्यास्त ६: ३२ बजे दिनमान ३२ घडी १७ पला, राहुकाल दिवा ०४:५६ देखि साझ ०६:५२ सम्म । याँहाहरुको दिन शुभ बितोस् भनि कामना गर्दछौ ।

मनमा अनेक प्रकारको खराब बिचारले सताउनेछ,साथि भाईको सहयोगमा बृध्दि हुनेछ,मनको डर हटेर जानेछ भने काम गर्ने जागर र अठोट बढेर जानेछ,माया पिरतिका कुराले मनमा आनन्दको आभास दिलाउनेछ,निकै परिश्रम पश्चात मात्र अरुको बिस्वास जित्न सकिनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
प्रेम सम्बंध आज निकै दरिलो बन्नेछ,रमाइलो भेटघाट संगै मनपरेको बस्तु हात लाग्न सक्ने समय छ,बैदेशिक वा लामो यात्राको सम्भाबना देखिन्छ,गृहिणीहरुको लागि भने खासै उत्साहप्रद समय नरहला,सवारी साधनको प्रयोग खर्चिलो हुनेछ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब गणेश भगवानको दर्शन गरेर अगाडी बढे सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
विपक्षीलाई सजिलै परास्त गर्न सकिनेछ, शत्रु पक्ष कमजोर रहनेछन, रोग र आलस्यताबाट छुटकारा मिल्नेछ भने काममा लगनशीलता बढ्नेछ,व्यक्तिगत प्रयासमा सामाजिक हित हुने काम गर्न सकिनेछ,आजको दिन बिशेषरुपमा सफल साबित हुनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब सूर्य नारायणको दर्शन पूजा गरेर ॐ घृणी सूर्याय नमः यो मन्त्र १२ पटक जपेर अगाडी बढे सफलता हात लाग्नेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
सन्तान र अनुयायीहरुबाट सन्तोष मिल्नेछ,साहित्यिक र कलाकारिता क्षेत्रमा ठुलो सफलता पाउन सकिएला,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,खानपानमा आउने असाबधानिले पेटमा केहि समस्या आउन सक्ने देखिन्छ, आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
पारवारिक असमझदारी बढ्नेछ,मातृसुखमा कमि आउने देखिन्छ,सवारी साधनको प्रयोग आज निकै घातक बन्नसक्छ चनाखो रहनुहोला,निर्णयमा हतारोपन हाबी हुनेछ,शारीरिक र मानसिक रुपमा दौडधुप बढ्नेछ,कमाम सफलता पाउनको लागि गोपनियता आबस्यक देखिन्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब शिबपार्बतिको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
शरीरमा आलस्यता बढ्नेछ,काम गर्ने शक्तिमा कमि आउनेछ भने काम गरे अनुरुप जश पाउन कठिन हुनेछ,परिवारको लागि बिशेष भूमिका निर्बाह गर्नुपर्नेछ,नया काम सुरुवात गर्न उत्तम समय रहेको छ,आफन्तसंगको सम्बन्धमा सन्तोषजनक सुधार आउनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ अं अङ्गारकाय नम: यो मन्त्र ११ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
आर्थिक नोक्सानी संगै झुटा आरोपहरु आइलाग्न सक्ने समय छ,चोटपटकको भय देखिन्छ, लेनदेनमा बिबाद उत्पन्न हुन सक्छ, आखा र कान सम्बन्धि समस्या आउने सम्भावना छ,उपलब्धि मुलक यात्रा हुन सक्ने देखिन्छ,बैदेशिक यात्रामा भने झन्झट आउनेछ,आजको लागि शुभ अंक ८,शुभ रंग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नम: यो मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
मिष्ठान्न भोजन र मनोरन्जनात्मक यात्रा गर्ने अवसर मिल्नेछ,आज निकै उपलब्धि मुलक भेटघाटहरु हुनेछन,आम्दानीको श्रोत भेटिएता पनि सहि उपभोग गर्न नसकिएला,पठन पाठनमा केहि सुधारको संकेत देखिन्छ,प्रेममय रुपमा आजको दिन बित्नेछ,आजको लागि शुभ अंक ६,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नम: यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
खराब बिचारले सताउनाले निर्णयहरु कमजोर बन्न सक्छन,शत्रु पक्षले तपाईको कमजोरी औल्याउन सक्ने हुदा चनाखो रहनु होला,गुप्त रोगको भय देखिन्छ,पारिवारिक र प्रेम सम्बन्धमा कमजोरी आउन सक्ने समय,दुर्घटनाको संभाब्यता देखिन्छ साबधान रहनुहोला,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
पारिवारिक र सामाजिक अभिभारा बढ्नेछ,तपाईमा आश्रीत हुनेको संख्या बढ्नेछ,अरुको गुनासो समाधनमै समय बित्न सक्छ,बोलीको प्रभाब भने बढ्नेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,आर्थिक कारोबारमा सुधार आउनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
आजको दिनमा राजनैतिक र सामाजिक मान प्रतिष्ठा प्रशस्त मिल्नेछ,नोकरी र व्यवसायमा खासै ठुलो उपलब्धि हात लाग्ने देखिन्न,माता पिता र विशिष्ट व्यक्तिहरुको सहयोगमा बिशेष काम पुरा गरिनेछ,कृषि जन्य व्यवसायमा मनग्य लाभ मिल्ने देखिन्छ,आजको लागि शुभ अंक १,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
धर्म कर्ममा आजको दिन बित्नेछ,तिर्थयात्राको अवसर मिल्नेछ भने यात्रा सफल र रोमान्चक बन्नेछ,स-साना चोटपटकको भय देखिन्छ, सामान्य किसिमका मुद्दा मामिलाको झमेला आइलाग्न सक्नेछ,नाचगान र खेलकुदजस्ता कार्यमा सहाभागी बनिनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय योमन्त्र १२ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

