राजसंस्था पुनः स्थापनाकाे लागि भारत र चीनको ‘ग्रीनसिग्नल’ !
काठमाडौं । २०७२ सालको वार्षिक भविष्यवाणी गर्दै मुर्धनय ज्योतिषी –अगीरस न्यौपानेले भनेका थिए– ‘भदौ महिनाभित्र संविधान बन्यो भने गणतन्त्रात्मक बन्नेछ, त्यसपछि संविधान बन्यो भने राजालाई पनि भूमिका दिइनेछ ।’
विगतका गरिएका सबै भविष्यवाणी मिलाउँदै आएका बरिष्ठ ज्योतिषी न्यौपानेको यो भविष्यवाणीपछि पूर्व राजा ज्ञानेद्र शाह धेरै नै उत्साहित भएको आजको तरुण साप्ताहिकमा खबर छ ।
ज्योतिषीहरुको यो रायपछि उनी २०७१ सालको अन्तिम साता दिल्ली भ्रमणमा गएका थिए । भारतीय नेताहरुसँग भेटेर पुनर्बहालीको कुरा मिलाउने उनको योजनालई विनाशकारी भूकम्पले केही समय अवरोध पुर्यायो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनर्बहालीको एजेण्डालाई खासै महत्व नदिएको समाचार एक पक्षबाट आए पनि उनका सुरक्षा सुरक्षा सल्लहकार अजित दोबालको भेटघाटले त्यो प्रचारलाई गलत सवित गरिदिएको छ । पछिल्लो दिन अर्थात साउन लागेपछि भने राजतन्त्र पुनर्बहालीको सम्भावना बलियो बन्दै गएको छ ।
पूर्व राजा शाहले भारत र चीन दुवैलाई राजसंस्थाको पुनर्बहालीको लागि समहत गराइसकेको समाचार स्रोतले जनाएको छ । हालै बैंकंक–नयाँ दिल्ली–सिंगापुर पुगेर उनले यो सफलता हासिल गरेका हुन् ।
भारत र चीनबाट पूर्वराजाले ग्रीन सिग्नल पाउनु र मुलुकभित्र संविधान निर्माणमा कुरा नमिल्नुलाई संयोगमात्रै मानिएको छैन । संविधान निर्माण ढिलाई भएमात्र राजसंस्था पुनर्बहालीको सम्भावना बढ्ने भएकोले शक्तिकेन्द्रहरुको चलखेल बढेको छ ।