Header Ads

मिति: वि.सं.२०७२ साल भदौ १५ गते। मंगलबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?

वि.सं. २०७२ साल भदौ १५ गते। मंगलबार। इश्वी सन् २०१५ सेप्टेम्बर १ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। याँहाहरुको दिन शुभ बितोस् भनि कामना गर्दछौ ।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । स्थानान्तरण र टाढाको यात्रा पनि सम्भावना छ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सामाजिक कामको दायित्व बढ्नेछ। अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। भाग्योन्नतिको समय छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आजको प्रयत्न निष्फल जस्तै होला। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउलान्, सचेत रहनुहोला।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । भौतिक साधन तथा नयाँ सवारी प्राप्तिको योग छ । कामको सफलताले उत्साह बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगमा फाइदा हुनेछ । आम्दानी बढ्ने र लाभ उठाउने समय छ। वैदेशिक यात्राको अवसर जुट्न सक्छ । लेनदेनमा भने विवाद आउने योग छ। पहिलेका सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रतिद्वन्द्वी बलिया हुन सक्छन् ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अप्रिय समाचारले खिन्न भइएला । पढाइलेखाइमा त्यति समय दिन नसकिएला । व्यापारमा सामान्य फाइदा होला । पशुपालन तथा कृषिबाट सामान्य लाभ मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। भौतिक साधन जुटे पनि व्यावसायिक काम अवरुद्ध बन्न सक्छ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। मातृशक्तिको राय–सुझावबाट पनि लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। व्यावसायिक काममा अवरोध आउने देखिन्छ। खर्चको मात्रा बढ्ने र आर्थिक अभावले सताउने योग छ। बोलीको गलत अर्थ लाग्ने वा तपाईंको अभिव्यक्तिबाट विवाद उत्पन्न हुने सम्भावना छ, मान–सम्मानमा आघात पुग्न सक्छ, सचेत रहनुहोला। विगतमा गरिएको श्रमबाट भने राम्रै लाभ मिल्न सक्छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । सचेत रहनुहोला।



यो लिंकमा क्लिक गरेर  डेल्ली नेपालि राशिफल  एप  डाउनलोड गर्नुहोस् ===>>अनि मोबाईलमै  हेर्नुहोस् ! 
Powered by Blogger.