Header Ads

अपाच्य दृश्य दिएर हाईलाईट हुनु छैन – नायिका खड्का

नायिका नमिता खड्का, पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा केही सम्भावना बोकेकी नायिका हुन् । नमिताले नेपाली कलाकारिताको प्रशिक्षण लिएरै यस क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी भन्छिन् – 'कला क्षेत्रको प्रशिक्षण लिएर आउने यहाँ थोरै मात्र छन् ।

यस क्षेत्रलाई बुझेर प्रवेश गरे गाह्रो हुने रहेनछ ।' मोरङको मधुमल्ला स्थायी घर भई हाल काठमाण्डौँमा बसेर नेपाली चलचित्रमा संघर्ष गरिरहेकी २१ वर्षीया नायिका नमिताले थुप्रै म्युजिक भिडियो, सर्टमूभि र लामा चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । उनले अभिनय गरेको चलचित्र आवारा र टेण्डर रिलिजको तयारीमा रहेको छ ।
बिबिएस दोश्रो वर्षमा अध्ययनरत उनी पढाई र कलाकारितालाई पनि सँगसँगै अगाडि बढाउँदै छिन् । सानैदेखि कलाकारिता क्षेत्रमा प्रवेश गर्ने ध्येयका साथ यस क्षेत्रमा लागेको बताउँदै उनले भनिन् – अब त यस क्षेत्रलाई छाड्न पनि सक्दिन र संघर्ष गर्दै अगाडि बढ्नेछु ।

सानैदेखि कलाकारिता क्षेत्रमा स्थापित हुने सपना देखेर विगत दुई वर्षदेखि यस क्षेत्रमा क्रियाशिल नमिता यतिबेला म्युजिक भिडियोहरुमा निकै व्यस्त देखिएकी छिन् । पारिवारिक पृष्ठभूमि समेटिएको चलचित्रहरु अनि परिवारका सदस्यहरु बसेर हेर्न मिल्ने चलचित्रमा अभिनय गर्ने नमिताको चाहना छ । पछिल्लो समय कथाले मागेको भन्दै ग्ल्यामरको नाममा भल्गारिटीलाई प्राथमिकता दिन थालिएको उनी सुनाउँछिन् ।

त्यस्तै समाजमा अपाच्य दृश्यहरु सार्वजनिक गरेर हाईलाईट हुन खोज्नेहरु अनावश्यक चर्चा कमाउने बाहेक कसैको नजरमा राम्रो नबन्ने भन्दै भल्गारिटीको विपक्षमा आफू रहेको नमिताको भनाई छ । सेक्सको विषयमा आफू अनविज्ञ रहेको बताउँदै नमिताले अहिलेसम्म त्यसको अनुभव समेत नलिएको दाबी गरिन् ।
 प्रस्तुती – सुमन घिमिरे/साभार - आजको खबर बाट 
Powered by Blogger.