रोजगारका लागि इराक पुगेकी नेपाली चेलीको जलेर मृत्यु, सहयोगका लागि अपिल
इराक । रोजगारीका लागि इराक पुगेकी रामेछाप जिल्ला प्रिति गाविस वडा नम्बर ७ गैरीखर्क घर भएकी एक नेपाली चेलीको मृत्यु भएको छ ।

निरु सुनुवार नामकी चेलीको अण्डा बनाउने क्रममा आगो शरीरमा आगो लागेर मृत्यु भएको हो । निरुको श्रीमान एक छोरी एक छोरा रहेको जानकारी बहिनी फुलमाया सुनुवार ले जनाकरी दिइन् ।
फुलमाया पनि हाल इराकमा कार्यरात छिन् । उनीहरुको परिवारको आर्थिक अवस्था कमजोर भएको कारण छोराछोरीको शिक्षाको लागी विदेश आएको र निरुको मृत्युपछि परिवारमा झनै संकट थपिएकाले फुलमायाले सहयोगका लागि अपिल गरेकी छन् ।
