गुगल ब्याय आदित्यले कैलाली घटनाबारे यस्तो लेखेः पर्दा पछाडिको खेल
काठमान्डौ । भबिष्यबाणी गर्ने गुगल ब्याय भनेर चिनिने बालक आदित्य दाहाल बेला बखत चर्चामा आई रहन्छन् ।
केहि समय अगी उपचारका लागि अमेरिका पुर्याइएका बालक आदित्य दाहालको स्वास्थ्यमा झिनो सुधार आएको भनिएको छ । कैलाली घटनाबारे आदित्य यसरी लेख्छनन् ।
क्यालिफोर्नियाको स्ट्याण्डफोर्ड अस्पतालका फिजियोथेरापी गरिरहेका आदित्यले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनालाई ‘पर्दा पछाडीको खेल’ भनेका छन् ।
अमेरिका बसाईका क्रममा पनि आदित्यले सन्देशमुलक टिप्पणीहरु लेख्ने क्रम जारी राखेका छन् । केहि दिनअघि कैलालीमा भएको हिंसात्मक घटनाका विषयमा पनि उनले लेखेका छन् ।केहि समय अगी उपचारका लागि अमेरिका पुर्याइएका बालक आदित्य दाहालको स्वास्थ्यमा झिनो सुधार आएको भनिएको छ । कैलाली घटनाबारे आदित्य यसरी लेख्छनन् ।
क्यालिफोर्नियाको स्ट्याण्डफोर्ड अस्पतालका फिजियोथेरापी गरिरहेका आदित्यले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनालाई ‘पर्दा पछाडीको खेल’ भनेका छन् ।

सो घटनामा पर्दापछाडीबाट मनोबल दिने काम भएको उनको टिप्पणी छ । आदित्यले ७ भदौमा लेखेको सन्देश यस्तो छ-‘देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ । आमूल परिवर्तनको आकांक्षा खरानी बनि उड्ने पो हुन् कि ? सद्भावपूर्ण सहमतिको खाँचो छ ।
हिंसा फैलाउन अरुलाई मनोबल दिने र निर्दोषको हत्या गराउने कार्य पर्दा पछाडीबाट भएको छ । उचित किसिमको न्यायिक सर्वमान्य सहमति गरी देशलाई रक्तक्रान्तिको भूमिमा फेरि परिणत हुन नदिनु नै हाम्रो र हामी आम राष्ट्रसेवकको दायित्व बनेको छ ।’ -तस्बिर /अनलाइन खबर बाट
