Header Ads

अमेरिकी डलर २ वर्षयताकै महँगो, हेर्नुहोस् कति पुग्यो त ?

अमेरिकी डलरको भाउ २ वर्षयताकै महँगो विन्दुमा पुगेको छ। २०७० सालको भदौपछि डलरको मूल्यले नयाँ उचाई लिएको हो।

 आइतवार अमेरिकी डलरको भाउ थप महँगिएर विक्रीदर मूल्य १ सय ४ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। त्यस्तै खरिददर मूल्य १ सय ३ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।

वाणिज्य बैंकहरुले भने डलर १ सय ६ रुपैयाँसम्म विक्री गरिरहेका छन्। अमेरिकी रोजगारीमा सुधार आएसँगै लगानीकर्ताको हैसियत मजबुत बन्दै डलरमा आकर्षण बढेपछि डलर मजबुत बनेको हो।

उता चिनले डलरसित आफ्नो मुद्रालाई अवमूल्यन गरेपछि शक्तिशाली लगानीकर्ताहरु डलरप्रति आकर्षित हुन थालेका हुन्।

यसअघि २०७० साल भदौ १९ गते डलरको भाउले १ सय ९ रुपैयाँ नाघेको थियो। २०७० सालको भदौपछि अहिले डलरको भाउ सबैभन्दा महँगो हो।
Powered by Blogger.