Header Ads

डा. शर्मालाई काममा रोक नलगाउन अदालतको यस्तो आदेश

नरावदेन अदालत पाटनले स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. नुतन शर्मालाई ३ महिनाका लागि निलम्वन गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णय कार्यन्वय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले पुनरावेदन पत्रको अन्तिम किनारा नलागेसम्म काउन्सिलको दर्ता कितावबाट डा.शर्माको नाम हटाउने निर्णय कार्यान्वयन नगर्न विपक्षीका नाममा आज अन्तरकालिन आदेश जारी गरेको हो।

अस्पतालमा कार्यरत डा. शर्माले आफूलाई पुर्वाग्रहीपूर्ण तरिकाले मेडिकल काउन्सिलले ३ महिनाका लागी निलम्बन गरेको भन्दै मेडिकल काउन्सिल र रजिष्ट्रार निलमणि उपाध्यायलाई विपक्षी बनाई पाटन पुनरावेदन अदाललतमा पुनरावेदन पत्र दायर गरेका थिए।

आदेशमा नेपाल मेडिकल काउन्सिलबाट भएको डा. शर्मा उपरको निर्णय अहिले नै कार्यान्वय हुँदा पछि प्रस्तुत पुनरावेदनमा निर्णय हुँदा अन्यथा भएमा सो को औचित्य समाप्त हुने जाने अवस्था देखिने भन्दै पुनरावेदन पत्रको अन्तिम किनारा नलगेसम्म काउन्सिलको निर्णय कार्यान्वय नगर्न/नगराउन भनिएको छ।

लिङ्ग पहिचान गरि भ्रुण हत्या गर्न उत्प्रेरित गरेको आरोप लगाउदै ३ वर्ष पुरानो उजुरीलाई आधार बनाएर काउन्सिलले ३ महिनासम्म चिकित्सा पेशा सञ्चालन गर्न नपाउने गरि गत साउन २४ गते डा.शर्माको नाम तीन महिनासम्मका लागि काउन्सिलको दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो।

आज भएको सुनुवाईमा बरिष्ठ अधिवक्ता डा.बद्रिबहादुर कार्की, शम्भु थापा, डा. भीमार्जुन आचार्य र सुभाष आचार्यले बहस गरेका थिए। अदालतको आदेशसँगै स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डा.शर्माले आइतबारदेखि नै काममा फर्किएकी छन्। आफूलाई पूर्वाग्रही भएर काउन्सिलले फसाएपनि अदालतबाट न्याय पाएको डा. शर्माले प्रतिक्रिया दिए। -सेतो पाटि डट कम बाट 
Powered by Blogger.