Header Ads

गायिका शशी रावलले गरिन् सुटुक्क बिबाह !

काठमाडौं । युवा ढुकढुकी गायिका शशि रावल ले सुटुक्क बिबाह गरेकि छिन् । उनले अगष्ट-६ का राती आफ्नो फेसबुकमा स्ट्याटस राखी आफूले बिबाह गरेको सार्वजनिक गरेकि हुन् ।

 हामीले गरेको प्रश्नमा आफ्नो श्रीमान् सांगीतिक क्षेत्र भन्दा बाहिरको रहेको मात्र जनाएकी छिन् । केहि समय अघि उनले राष्ट्रिय दैनिकलाई दिएको अन्तरबार्तामा आफू प्रेममा रहेको र एक-दुई महिना भित्र बिबाह गर्ने बताएकि थिइन् ।

 काठमाण्डौ स्यूचाटार निबासी निराजन बिक्रम शाही संग गायिका शशीले बिबाह गरेकि छिन् । शशिका श्रीमान् निराजन पनी जापानबाट नेपाल फर्केका हुन् भने शशि पनी नेपालमा गायन पेशामा जम्नु अघि जापानमा नै थिइन् ।

 हाम्रो तर्फबाट गायिका शशिको दाम्पत्य जिबनको सफलताको कामना !
Powered by Blogger.