Header Ads

फेरी गयो ५.१ म्याग्निच्यूडको भूकम्प !

काठमाडौं । आइतबार दिउँसो काठमाडौंसहित मध्य नेपालमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४७ मिनेटमा दोलखाको गौरीशंकर संरक्षण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 भूकम्पको केन्द्रबिन्दु गाैरी शंकर संरक्षण क्षेत्रस्थित नेपाल-चीन सिमाना नजिकै रहेको छ । डेढ महिनायता ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि गत असार १७ गते सिन्धुपाल्चोकलार्इ केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

 दोलाखामा आइतबार गएको भूकम्पको धक्का पूर्वी नेपालका सुनसरी, मोरङसहितका जिल्ला तथा मध्य नेपालका काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो । भूकम्पको धक्का दोलखा, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लामा पनि भएको छ ।

 यसअघि शुक्रबार नुवाकोट केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । वैशाखको शक्तिशाली भूकम्पयता ४ म्याग्निच्यूड र सो भन्दामाथिका करिब ३ सय ८० वटा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
Powered by Blogger.