यति एयरको विमानमा ढोका नलाग्दाको पीडा !
काठमाडौं । काठमाडौंदेखि विराटनगरका लागि मध्यान्ह १२ बजेर २० मिनेटमा छुट्न लागेको यति एयरको विमानमा ढोका नलाग्दा यात्रुहरुले करिव एक घण्टा कुर्नुपरेको छ । यो समाचार आर्थिक राष्ट्रिय दैनिकमा छापिएको छ ।
यति एयरको एनवाईटी ७९१ विमानको ढोका बन्द गर्न खोज्दा नलागेपछि नियमित उडान रद्ध गर्दै यात्रुहरुलाई एक घण्टा कुराइएको हो ।
यति एयरको एनवाईटी ७९१ विमानको ढोका बन्द गर्न खोज्दा नलागेपछि नियमित उडान रद्ध गर्दै यात्रुहरुलाई एक घण्टा कुराइएको हो ।

विमानमा यात्रुलाई चढाएर एयर होस्टेजले सिट बेल्ट लगाउन आग्रह गरेलगत्तै विमानको ढोका बन्द नभएपछि यात्रुहरुलाई ओरालिएको थियो ।
विमानमा समस्या आएपछि एक घण्टापछि अर्को विमानमा यात्रुहरुलाई विराटनगर पठाइएको थियो ।