प्रहरीसंगको ‘इन्काउन्टर’मा गुण्डा नाईके कुमार घैटेको निधन
काठमाडौं । प्रहरी चेकजाँचको क्रममा राजधानीको सामाखुसीमा प्रहरीमाथि नै आक्रमण गर्ने गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ कुमार घैंटेको प्रहरीले हानेको गोली लागि मृत्यु भएको छ ।
उनको केहिवेर अघिमात्र त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको महानगरीय प्रहरी परिसर रानीपोखरीले जनाएको छ । आत्मरक्षाको लागि प्रहरीले प्रहार गरेको गोली घैंटेको पेटमा गोली लागेको थियो ।
गोली लागेका घैटेलाई प्रहरीले नै पक्राउ गरि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि पु¥याएको महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार बिहान ११ बजे चेकजाँचमा खटिएको महाशाखाका प्रहरी टोलीमाथि घैंटेको समुहले आक्रमण गरेको थियो ।उनको केहिवेर अघिमात्र त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको महानगरीय प्रहरी परिसर रानीपोखरीले जनाएको छ । आत्मरक्षाको लागि प्रहरीले प्रहार गरेको गोली घैंटेको पेटमा गोली लागेको थियो ।
गोली लागेका घैटेलाई प्रहरीले नै पक्राउ गरि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि पु¥याएको महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

जवाफी कारबाहीमा प्रहरीको गोलीलागि घैंटेसहित उनका दुई सहयोगी समेत घाइते छन् । घाइते हुने अन्य दुईमा सुरेन्द्र महर्जन र राजु महर्जन रहेका छन् ।
अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोपमा मोस्ट वान्टेट सूचीमा रहेका नुवाकोटका स्थायी बासिन्दा घैंटे कांग्रेस निकटका मानिन्थे । केहिसमय अघि अर्का गुण्डा नाइके दिनेश अधिकारी चरीको पनि प्रहरीसंगको इन्काउन्टरमा निधन भएको थियो ।
स्रोत - See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=6276
