अहिले १०:४३ बजे भूकम्प धक्का : नआतिन तर सचेत भने रहन बिज्ञको आग्रह
काठमाण्डौ । काठमाण्डौ आसपासको क्षेत्रमा अहिले १० ४३ बजे भूकम्प धक्का महसुश भएको छ ।
भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण आत्तिदै घर बाहिर निस्किएका छन्।
भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण आत्तिदै घर बाहिर निस्किएका छन्।

काठमाडौं केन्द्रविन्दु भएर ४ दशमलव ३ रिक्टर स्केलको भूकम्पको धक्का गएको बताइएको छ ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म पनि पराकम्प गैरहेका छन् ।
ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।
