Header Ads

सिर्जनसिल बालकल्याण केन्द्रलाई मोडल हन्टको सहयोग

काठमाडौं । पुर्व मिस नेपाल उषा खड्गी ,चर्चित फोटो ग्राफर राजभाई सुवाल, फेसन डिजाइनर विश्व गौतमले पुरुष तथा महिला उत्कृष्ट मोडल छान्ने भएका छन् । राजधानिमा बुधबार अमृत भोग ब्याङक्वेटमा आयोजना हुने मोडल हन्ट नेपालको अन्तिम स्पर्धाका यी निर्णायकको रुपमा रहेका छन् ।

प्रतियोगीताका सहभागीले अहिले अन्तिम प्रतियोगीताका लागी तयारी प्रशिक्षण पुरा गरिसकेका छन् । प्रतियोगीताको तयारी आफुहरुले राम्रो गरेको गरेको पुरुष प्रतियोगीतामा सहभागी मध्यका एक क्रिस राइले बताए । उनले भने ‘आफुमा भएको प्रतिभा निखार्न प्रशिक्षण महत्वपुर्ण रहेछ ।’ त्यस्तै महिला तर्फ सहभागी शिवानी मल्ले प्रशिक्षणले आफुलाई कोराबाट अन्ताराष्ट्रिय स्तरमा प्रतिनित्व गर्न सक्ने बनाएको बताइन् ।

 मोडलिङ पेसालाई ब्यवसायिक एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयाम थप्ने उदेश्यले नेक्ष्ट मोडलस् नेपालको आयोजना हुन लागेको सौदर्य प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०१५’मा ३३ युवती र ३८ युवाले अन्तिम प्रतियोगीताको तयारी गरेका छन् ।

 रनवे ,ब्यक्तित्व बिकाश, आर.जे, भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चारकला, स्टेज पफमेन्सलगायत बिषयमा ज्ञान प्रतियोगीले लिएका छन् । मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयाम थप्ने उदेश्यले नेपालमै पहिलो पटक यो प्रतियोगिता आयोजना आफुले गरेको नेक्ष्ट मोडलस्का अध्यक्ष रवि धमलाले बताए ।

 नेपाली मुलका युवायुवतीहरुको प्रतिभा पहिचान गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता लाभदायक हुने धमलाले अनुमान लगाए । प्रतियोगीतामा शिर्ष सहित आधा दर्जन उप–विधामा बिजेता छानिने छ भने बिजेताले एक लाख रुपैया नगदका साथमा बिभिन्न उपहार जित्न सक्नेछन् ।

प्रतियोगीताबाट बचेको रकम सिर्जनसिल बालकल्याण केन्द्रलाई प्रदान गरिने आयोजकले जनाएको छ ।
Powered by Blogger.