अविरल वर्षासँगैको पहिरोले घर पुरिंदा तीनजनाको ज्यान गयो
गुल्मी । अविरल वर्षासँगैको पहिरोमा पुरिएर गुल्मीको दिब्रुङ्ग गाविसमा एकै घरका तीनजनाको ज्यान गएको छ । अन्य थप दुई जना घाईते भएका छन् ।
गएराती गएको पहिरोले पुरिएर दिब्रुङ्ग गाविस ३ का ४० वर्षिया आशा नेपाली, उहाँकी ९ वर्षीय छोरा गगन र ३ वर्षीय छोरी ईन्दुको ज्यान गएको स्थानीय भीमा प्रविका प्रधानाध्यापक विष्णु थापाले जानकारी दिनुभयो ।
गएराती गएको पहिरोले पुरिएर दिब्रुङ्ग गाविस ३ का ४० वर्षिया आशा नेपाली, उहाँकी ९ वर्षीय छोरा गगन र ३ वर्षीय छोरी ईन्दुको ज्यान गएको स्थानीय भीमा प्रविका प्रधानाध्यापक विष्णु थापाले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर आशा नेपालीका अरु दुई छोरीहरु दश वर्षीय रनु र १३ वर्षीया सुरक्षा घाईते भएका छन् । राती साढे दुई बजे पहिरोले घर पुरिएको जनाएको छ ।
घटनाको जानकारी पाएपछि अहिले चन्द्रकोट ईलाका प्रहरी कार्यालयवाट टोली घटनास्थलतर्फ लागिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।