Header Ads

प्रियंका, करिना र दीपिकालाई पछारिन् कंगनाले

मुम्बई । बलिउड क्वीन भनिने कंगना रनौतले महंगो पारिश्रमिक आफ्नो हक भएको बताएकी छिन् । उनको भनाई अनुसार हरेक कलाकारले जिवनको एउटा अध्याय पार गरेपछि मंहगो पारिश्रमिक लिनैपर्छ ।

तर, यसले निरन्तरता पाउने कुनै ग्यारेन्टी हुँदैन । उनकै भनाई अनुसार धेरै पारिश्रमिक लिने समय असाध्यै छोटो हुन्छ । किनकी कुनै पनि कलाकार जसरी हाई हाई हुन्छ । उसैगरी बाई बाई हुन पनि बेर लाग्दैन ।

एउटा चलचित्रमा काम गर्दा कम्तिमा एक वर्ष लाग्ने भएकाले पनि यति पारिश्रमिकलाई सामान्य रुपमा लिन आग्रह गरे उनले । ‘तनु वेड्स मनु रिटन्र्स’का लागि उनले ११ करोड रुपैयाँ पारिश्रमिक लिएकी छिन् ।
एउटा फिल्ममा काम गरे वापत ११ करोड लिने उनी पहिलो र एक्ली भारतीय नायिका हुन् । बजारमा पटक पटक चर्चामा आएका दीपिका पादुकोण, करिना कपुर, पि्रयंका चोपडा, कटि्रना कैफ लगायतक कोही पनि नायिकाले कंगनाले जति पारिश्रमिक लिएका छैनन् ।

 कंगनापछि दीपिकाले एउटा फिल्ममा काम गरे वापत ९ करोडसम्म लिने गरेकी छिन् । अर्कि नायिका करिना कपुरले पनि ८ देखि ९ करोड लिने गर्छिन । प्रियंका चोपडा पनि राम्रो पारिश्रमिक लिने कलाकारको रुपमा चिनिन्छिन् ।

उनले प्रति चलचित्र ७ देखी ८ करोड लिंदै आएकी छिन् । अर्कि नायिका कटि्रना कैफले त ६ देखी ७ करोडमै चित्त बुझाउदै आएकी छिन् ।
Powered by Blogger.