Header Ads

ल हेर्नुहोस् पाखुरामा यसरी कान उमारियो, आखिर किन त ?

मेलबर्न । अष्ट्रेलियाका कलाकार स्टेलार्क आफ्नो बायाँ पाखुरामा ‘मानव कान’ उमारिरेहका छन् । उनको उद्देश्य यस कानलाई इन्टरनेटसँग जोडिएर एउटा यस्तो यन्त्र बनाउनु हो जसबाट टाढा रहेका मानिसहरुले पनि उनको आवाज सुन्न सकून् ।

यतिमात्र होइन, वरिपरिको आवाज पनि उक्त कानमार्फत टाढासम्म पुर्याउन सकियोस् । पर्थमा बस्ने कर्टिन युनिभर्सिटीका प्रोफेसर स्टेलार्कले आफूलाई यस विषयमा सन् १९९६ मा विचार आएको बताए । उनको सोचाईलाई वास्तविकतामा परिणत गर्नको लागि मेडिकल टिमलाई एक दशक लागेको उनले जानकारी दिए ।
एक अन्तर्राष्ट्रिय मेडिकल टिमले यो कानका लागि स्टेलार्कको शरिरको दोस्रो भागबाट लिइएको तन्तुको प्रयोग गरेको बताए । ६ महिना भित्र नै यसमा नयाँ तन्तु र रक्तनलिहरु विकसित भयो । स्टेलार्क भन्छन्, ‘यो कान मेरो पाखुराको नै हिस्सा हो । मेरो पाखुरासँगै जोडिएको छ र यसमा आफ्नै रगत आफूर्ती हुन्छ । ’

स्टेलार्कको योजना अब यो कानलाई त्रिआयामिक बनाउनु हो । यहाँ एउटा सूक्ष्म माइक्रोफोन फिट गरिन्छछ । स्टेलार्क भन्छन्, ‘सुन्नको लागि मसँग दुईवटा कान छन् तर यो तेस्रो कानलाई अरु मानिसहरुले पनि सुन्न सक्नेछन् ।

 यो तेस्रो कानमा एउटा चिप राखिएको छ, जुन वाइफाइसँग कनेक्ट भएपछि अन्य मानिसहरुलाई सुन्नमा मद्दत मिल्नेछ । जस्तैः म कन्सर्टमा जे बोलिरहेको छु, अरु मानिसहरुले पनि मैले बोलेको र मेरो वरिपरिको आवाज सुन्न सक्नेछन् ।

चाहे म अष्ट्रेलियामा बोलू, कसैले मलाई लण्डनमा सुन्न सक्नेछन् अथवा अन्य कुनै देशमा । वाइफाई एरियामा नहुँदा र घरमा इन्टरनेट मोेडेम बन्द हुने स्थितीमा, म अफलाइन हुन्छु । बाँकी सबै समयमा अनलाईन नै हुनेछु ।’
Powered by Blogger.