आज बिहानै भूकम्पको धक्का
काठमाडौं । आज बिहानै भूकम्पको धकका महसुस गरिएको छ । दोलखालाई केन्द्रविन्दु बनाएर आज बिहान ४ बजेर ८ मिनेटमा ४.८ रेक्टरस्केलकै पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
चार रेक्टरमाथिका पराकम्पन पछिल्ला दिनमा दोलखामा गएको यो चौथोपटक हो । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु भने चीनको सीमा नजिक दोलखा जिल्लापर्छ ।
‘गोरखा भूकम्प' पछि हालसम्म चार म्याग्निच्यूड वा त्यसमाथिका तीन सय ८० वटा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।
