Header Ads

करोडौंको जग्गामा मन्त्रीको आँखा : कानुनमन्त्री आचार्यसमेतको मिलेमतो

काठमाडौं । करोडौं रुपैयाँ पर्ने सार्वजनिक जग्गा कानुनमन्त्री नरहरि आचार्यसमेतको मिलेमतोमा कब्जा भएको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ धुम्बाराहीमा धोवीखोला किनारमा रहेको करिब दुई रोपनी जग्गा कब्जा गरी फुटसल बनाइएको छ ।

नेपाल प्रहरीले काठमाडौं परिसरको कार्यालय बनाउन लागेकोमा कानुनमन्त्री आचार्यको सचिवालयमा काम गर्ने मनोहर खड्कासमेतको मिलेमतोमा कब्जा गरी फुटसल बनाइएको हो ।

मन्त्री आचार्यका पिए मनोहरसहित मदन कोइराला र शान्तध्वज खड्काले फुटसल तथा रेष्टुरेन्ट चलाउँदै आएका छन् । १०६४–०४ नम्बरको नक्सामा पर्ने उक्त जग्गा कब्जा गर्न प्रहरी र महानगरपालिकाका अधिकारीलाई समेत खुशी बनाइएको छ ।

 जग्गा मिचिएको सूचना पाएपछि गत शनिबार महानगरीय प्रहरी आयुक्त एआइजी विज्ञानराज शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी रुद्रसिंह तामाङ निरीक्षणमा गएका थिए । तर, मिचिएको जग्गामा ध्यान नदिई अरु नै जग्गा हेरेर उनीहरु फर्किएका थिए ।

स्रोतका अनुसार फुटसल संचालकले महानगरपालिकाका कार्यान्वयन महाशाखाका प्रमुख धनपति सापकोटामार्फत सेटिङ मिलाइसकेका छन् । कब्जा गरिएको जग्गामा फुटसलको पार्किङ राखिएको छ ।
Powered by Blogger.