रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पूर्ब ३ सभासदलाई जेल सजाय
काठमाडौँ । विशेष अदालतले रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै तीन पूर्वसभासदसहित कर्मचारी र बिचौलिया समेतलाई जेल सजायको फैसला गरेको छ।
मंगलबार न्यायाधीशत्रय प्रभा बस्नेत, पवनकुमार शर्मा र महेशप्रसाद पुडासैनीको बसेको इजलासले पूर्वसभासदहरू गायत्री साह, बीपी यादव र शिव पुजनलाई जनही ४ महिना कैद र १५ हजार जरिवाना गरेको हो।
अघिल्लो संविधानसभामा साह जनता दलकी सभासद थिइन् भने यादव र पुजन फोरमका सभासद थिए। त्यसै गरि, विशेष अदालतले अध्यागमनका तत्कालीन कर्मचारीहरू इन्कुमार सुनुवार, देवीदत्त खत्री, रमेश लम्साल, श्यामबहादुर भण्डारी र भूमिनन्द भण्डारीलाई पनि उनीहरूसरह नै ४ महिना कैद र १५ हजार जरिवाना हुने फैसला गरेको छ।

कूटनीतिक राहदानी प्रयोग गर्नेहरू पृथ्वी छन्त्याल, सीता साह (लीला छन्त्याल), निर्मल बानियाँ र केदारनाथ शर्मा (चापागार्इं) प्रत्येकलाई डेढ वर्ष कैद र ७५ हजार जरिवाना भएको छ। त्यस्तै, बिचौलियाहरू देवेन्द्र पौडेल, मनोज कार्की, गोपाल बानियाँ, डिलबहादुर घर्ती र सन्तोष उप्रेतीलाई १ वर्ष कैद र ५० हजार जरिवाना भएको छ।
बिशेष अदालतले राहदानी दुरुपयोग प्रकरणमा संलग्न भनी आरोप लागेका सभासदहरू नारदमुनि राना, हरिचरण साह र अध्यागमनका तत्कालीन प्रमुख खडानन्द ढकालले भने सफाइ दिएको छ।
अख्तियार दुरुपयओग अनुसन्धान आयोगले २०६८ वैशाख २८ गते विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि सबै सभासद निलम्बनमा परेका थिए।
स्रोत/हाम्रो संदेश डट कम बाट