Header Ads

शुक्रबार देखी ७० चलचित्र हलमा 'सपना तिम्रो मेरो' लाग्ने

काठमान्डौ । शुक्रबार बाट चलचित्र 'सपना तिम्रो मेरो' प्रदर्शनमा आउने भएको छ । मंगलबार राजधानी एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको प्रदर्शन बारे जानकारी गराइएको हो ।

 ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र 'सपना तिम्रो मेरो' साउन २२ (शुक्रबार) गतेबाट देशभर का ७० चलचित्र भवनमा प्रदर्शन हुने वितरक रोहीत कट्टेल बताउछन् । गीत संगीतका कारणले पनि चर्चामा रहेको यो चलचित्रमा जान्वी बोहोरा, शुसान्त कार्की ,सविन श्रेष्ठ र सुर्जनी के सी लगाएतको अभिनय रहेको छ ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको यो चलचित्रमा दुई नायकले एक नायीका संग रोमान्स गरेका छन् ।पछिल्लो समय पछिलो समय बजारमा राम्रै चर्चा पाउन सफल यो चलचित्रका गीतहरुमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

 यस्तै पछिल्लो समयका एक्सन नायक सबिन श्रेष्ठका खतरनाक एक्सन समेत चलचित्रमा रहेको छ । भने त्यो एक्सनलाई निर्देशन गर्ने काम सम्राट बस्नेतले गरेका हुन् । लामो समय देखी टेलिसिरियल निर्देशन गर्दै आएका निर्देशक ऋषिको यो चलचित्र निर्देशनमा दोस्रो पाइला हो ।

उनले यस अघी 'मिस्टेक' नामक चलचित्र निर्देशन गरीसकेका छन् । चलचित्रमा राहुल राइको छायांकन र नबिन निरौलाको सम्पादन रहेको छ ।
Powered by Blogger.