Header Ads

सम्झनामा मात्रै श्रीकृष्ण ! निधन भएको एक बर्ष पुरा ... अन्तिम फिल्म ‘कोहिनुर’ले ११ करोडभन्दा बढि ब्यापार

काठमाडौं । लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको आज एक बर्ष पुरा भएको छ । गत बर्ष साउन २५ गते बिहान ५ बजे श्री को निधन भएको पुष्टि भएको थियो ।

विवाह गरेको एक महिनामै उनको निधन भएको हो । गतबर्षको असारमा विवाह गरेका उनी विहेलगतै बिरामी भएका थिए । हनिमुन गएको भन्दै गोप्य रुपमा भारतको गंगाराम अस्पतालमा उपचार गराइरहेका बेला उनको ज्यान गएको थियो । उनको शव नेपाल ल्याइएपछि राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको थियो ।

उनको मृत्युको कारण बोन क्यान्सर भनिएको छ । उनको अवस्था अत्यन्त नाजुक भइसकेपछि मात्र नेपाली सञ्चारमाध्यममा उनी बिरामी रहेको खबर आएको थियो । त्यसअघि उनका परिवार सहित निकटका फिल्मकर्मीले उनको अवस्था गोप्य राखेका थिए ।

 उनको निधनपछि नायिका उर्फ श्री पत्नी स्वेता खड्का लामो समयसम्म भावबिह्वल रहिन् । उनी पीडाकै कारण सार्वजनिक रुपमा प्रस्तुत हुन सकिनन् । तर पछिल्लो केहि समयता भने उनी केहि खुल्न थालेकी छिन ।

 स्मरण रहोस श्रीको निधन हुनुभन्दा दुई दिन अघि मात्रै अर्थात साउन २३ गतेबाट उनको फिल्म ‘कोहिनुर’ रिलिज भएको थियो ।

फिल्मले ११ करोडभन्दा बढि ब्यापार गर्दै नेपाली फिल्मको ब्यापारमा इतिहास रचेको छ । ‘भुमरी’ फिल्मबाट अभिनय थालेका उनको ‘कोहिनुर’ नै अन्तिम फिल्म बन्यो ।
Powered by Blogger.