अखण्ड मध्यपश्चिमले तीनको ज्यान लियो ! नेताहरुले नसुनेको भन्दै प्रदर्शनकारीहरुले तोडफोड
काठमाडौं । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ,साथै चार दर्जनभन्दा बढी हवाइ फायरबाट घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा बिरेन्द्र भैरबनगरका टीकाराम गौतम, यमबहादुर बीसी र एक जनाको भने पहिचान नभइसकेको जानकारी प्राप्त भएको छन् । प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भिड नियन्त्रण गर्न हवाइ फायर गरिँदा तीन जनाको मृत्यु भएको भएको बताए ।
प्रदर्शनकारीले सुर्खेतका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । दोहोरो झडपमा डिएसपी नमराज देवकोटा सहित आधा दर्शन प्रहरी समेत घाइते भएका छन् ।
आन्दोलनकारीले वीरेन्द्रनगरमा रहेका मूख्य राजनीतिक दलका तीनवटा पार्टी कार्यालयमा आगजनी समेत गरेका छन् ।मृत्यु हुनेहरुमा बिरेन्द्र भैरबनगरका टीकाराम गौतम, यमबहादुर बीसी र एक जनाको भने पहिचान नभइसकेको जानकारी प्राप्त भएको छन् । प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भिड नियन्त्रण गर्न हवाइ फायर गरिँदा तीन जनाको मृत्यु भएको भएको बताए ।

उग्र बनेका आन्दोलनकारीले कांग्रेसका सह–महामन्त्री तथा पूर्व गृहमन्त्री एवम् सोही जिल्लाका क्षेत्र नं.१ का निर्वा्चित सभासद पुर्णबहादुर खड्काको घरमा आक्रमण गरेका छन् । आन्दोलनकारीको आक्रमणबाट खड्काको घरको अधिकांश सिसा फुटेका छन् ।
खड्काको घरमा आन्दोलनकारीले आगजनी गर्न खोज्दा प्रहरीले करिब दर्जनौं राउन्ड हवाई फायर गरेको थियो । घरमा आगजनी गर्न नदिएपछि आन्दोलनकारीले नजिकै रहेको एक सार्वजनिक बस जलाइदिएका थिए । शान्तिपूर्ण आन्दोलन गर्दा नेताहरुले नसुनेको भन्दै प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् । - न्यूज अभियान डट कम बाट
