काठमाडौंमा दिउँसो ३ बजेर ४४ मिनेटमा फेरि भूकम्पको धक्का
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको हो ।
आइतबार दिउँसो ३ बजेर ४४ मिनेटमा काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा दोलखाको सुस्पा क्षमावती केन्द्रविन्दु भएको ४.८ म्याग्निच्यूडको परकम्प गएको छ ।
‘गोरखा भूकम्प' पछि हालसम्म चार म्याग्निच्यूड वा त्यसमाथिका तीन सय ८० वटा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।