संविधान निर्माण छोटो प्रक्रियाबाट
काठमाडौं,असार १ ८। संविधानसभाले नियमावली निलम्बन गरी छोटो प्रक्रियाबाट संविधान निर्माण अघि बढाएको छ ।
संविधानसभाको बहुमतले बिहीबार नियमावलीको नियम ९३(३) निलम्बन गरी प्रारम्भिक मस्यौदामाथिको छलफल ४ दिनअघि नै सुरु गर्ने बाटो खोलेको हो ।
उक्त नियममा सैद्धान्तिक छलफलको सात दिनअगावै सभासद्लाई पहिलो एकीकृत मस्यौदा उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । छोटो प्रक्रियाको विरोधमा प्रतिपक्षी राप्रपा नेपाल, समाजवादी फोरम सहितका दलले सदनमा नाराबाजी , घेराउ गरेका थिए ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मस्यौदामाथिको प्रारम्भिक छलफल शुक्रबार अपराह्न सुरु हुने जानकारी गराएका छन् । संविधानसभाले सैदान्तिक सहमति जनाएपछि मात्रै मस्यौदा रापत्रमा प्रकाशन हुन्छ र जनताको राय संकलन प्रक्रिया सुरु हुन्छ ।
स्रोतका अनुसार प्रमुख दलहरु २–३ दिनभित्रै सैदान्तिक छलफल सक्ने योजनामा छन् । छलफलमा भाग लिन नाम टिपाएका सभासद्ले सभाध्यक्षबाट तोकिएको समय पाउनेछन् । यसअघि सदनमा हुने सैद्धान्तिक छलफलमा बक्तालाई सामान्यतः ३ मिनेट समय दिने अभ्यास छ ।
दलहरुबीच संविधान जारी गर्ने समयसीमा , सर्वसाधारणको राय, संकलनका लागि खर्चिने समय र प्रक्रियामा सहमति हुन बाँकी छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।