मध्यरातमा नेपाल नेदरल्याण्डसँग १८ रनले पराजित, नेदरल्याण्डको लगातार तेस्रो जित
काठमाडौं, असार १८ । नेपाल घरेलु टोली नेदरल्याण्डसँग लगातार तेस्रो पटक पराजित भएको छ । बिहिबार मध्यराती ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत नेदरल्याण्डमा चलिरहेको क्रिकेट प्रतियोगितामा नेपाल नेदरल्याण्डसँग १८ रनले पराजित भएको हो ।
नेदरल्याण्डले दिएको १५० रनको चुनौति पछ्याउने क्रममा सबै ओभर खेल्दै आठ विकेटको क्षतिमा नेपाल १३१ रनमा सीमित भयो । नेपालका लागि कप्तान पारस खड्काले ३६, शरद भेषवाकारले २४, प्रदीप ऐरिले १८, ज्ञानेन्द्र मल्लले १७, सुवास खकुरेलले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।
नेपाललाई हराउने क्रममा नेदरल्याण्डका जामिलले सर्वाधिक ४ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले सबै ओभर खेल्दै ६ विकेटको क्षतिमा १४९ रन जोडेको थियो । उसका लागि मेइबर्गले नटआउट ७१ रनको योगदान दिए ।नेदरल्याण्डले दिएको १५० रनको चुनौति पछ्याउने क्रममा सबै ओभर खेल्दै आठ विकेटको क्षतिमा नेपाल १३१ रनमा सीमित भयो । नेपालका लागि कप्तान पारस खड्काले ३६, शरद भेषवाकारले २४, प्रदीप ऐरिले १८, ज्ञानेन्द्र मल्लले १७, सुवास खकुरेलले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।

तर, अन्य ब्याट्सम्यान भने खासै जम्न सकेनन् । नेपालको बलिङमा करन केसीले २ तथा सागर पुन, बसन्त रेग्मी र शक्ति गौचनले समान १–१ विकेट लिए ।
हारसँगै नेदरल्याण्डले ४ श्रृंखलाको प्रतियोगिता आफ्नो पक्षमा पार्न सफल भएको छ । अब नेपाल र नेदरल्याण्डबीच एक खेलमात्रै हुन बाँकी छ ।
