मेनपावर कम्पनी अनिश्चितकालका लागि बन्द, हजारौं कामदारहरुको विचल्ली
काठमाडौं । सरकारी निर्णयको विरोध गर्दै मुलुकभरका मेनपावर कम्पनी अनिश्चितकालका लागि बन्द भएका छन्। सरकारले मंगलवारदेखि मलेसियासहित विभिन्न सात मुलुकमा भिसा र टिकट निःशुल्क गरेपछि वैदेशिक रोजगार ब्यवसायीहरु आन्दोलिन भएका हुन् ।
सरकारको निःशुल्क भिसा र टिकटको ब्यवस्थालाई कार्यान्वयन गर्न नदिन सवै म्यानपावर ब्यवसायीहरु एक भएर आन्दोलित भएका हुन् ।
श्रम तथा रोजगार मन्त्रालयले केही मुलुकमा लागू गरेको निःशुल्क टिकट र भिसाको व्यवस्थाको विरोध गरिरहेका व्यवसायीले भिएनएन र बायोमेटिक प्रणाली खारेज नगरेसम्म सबै मेनपावरहरू अनिश्चितकालका लागि बन्द गरिएको नवनियसक्त मेनपावर व्यवसायी संघका अध्यक्ष बिमल ढकालले बताए।सरकारको निःशुल्क भिसा र टिकटको ब्यवस्थालाई कार्यान्वयन गर्न नदिन सवै म्यानपावर ब्यवसायीहरु एक भएर आन्दोलित भएका हुन् ।

सरकारले हचुवाका भरका एकतर्फी र बिनातयारी निर्णय लागू गर्दा नेपाल आउने कामदारको माग अन्य मुलुकतर्फ जान थालिसकेको भन्दै यसलाई उच्चस्तरीय छानबिन आयोग बनाएर छानबिन गर्न व्यवसायीहरूले माग गरेका छन्।
मुलुकमा सञ्चालनमा आएका करिब ७ सय मेनपावर कम्पनी बन्द हुँदा हजारौ व्यक्ति प्रत्यक्ष प्रभावमा परेका छन्।
