संसदमा राष्ट्रपतिले पढ्दा पढ्दै पानी माग्दा बाहिर मुसलधारे वर्षा !
काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला राष्ट्रपति डा. रामवरण यादव एकै छिन रोकिए ।
र, भने यहाँ पानी ल्याएर राख्नोस् न । राष्ट्रप्रमुखलाई संसदमा स्वागत गर्नका लागि संसदभवन बाहिर राष्ट्रिय झण्डा र पुष्प गुच्छाहरु सजाएर झकिझकाऊ पारिएको थियो । तर, एकघण्टा लामो सम्बोधन गर्नुपर्ने राष्ट्रपतिलाई पिउनका लागि पानीसम्म राखिएको थिएन ।
राष्ट्रपतिले सम्बोधनकै वीचमा मुखै फोरेर पानी मागेपछि बल्ल गिलासमा पानी दिइएको थियो । उता सम्बोधन सकेर राष्ट्रपति यादव संसदबाट बाहिरिने क्रममा उनलाई सलामी दिन बसेका सुरक्षाकर्मीहरु मुसलधारे पानीमा भिजेर मुसोजस्तै बनेका थिए ।र, भने यहाँ पानी ल्याएर राख्नोस् न । राष्ट्रप्रमुखलाई संसदमा स्वागत गर्नका लागि संसदभवन बाहिर राष्ट्रिय झण्डा र पुष्प गुच्छाहरु सजाएर झकिझकाऊ पारिएको थियो । तर, एकघण्टा लामो सम्बोधन गर्नुपर्ने राष्ट्रपतिलाई पिउनका लागि पानीसम्म राखिएको थिएन ।

उनीहरुले भिजेकै अवस्थामा राष्ट्रपतिलाई सलामी अर्पण गरेर विदाइ गरे । संसदबाट बाहिरिने बेलामा सुरक्षाकर्मीले देखाएको बाटो क्रस गरेर राष्ट्रपतिले फ्लोरमा केही समय बिताएर सभासदसँग अभिवादन साटेका थिए ।
