Header Ads

फोटो खिच्दा क्यामराको लाइटले बच्चाको आँखा गुम्यो

एजेन्सी । अनुहार नजिकै क्यामरा लगेर फोटो खिचिदिँदा एक बालकले सधैंको लागि संसार हेर्न नसक्ने भएका छन् । क्यामराको कडा फ्ल्यास लाइटको कारण बालकको आँखाको ज्योती गुमेको हो ।

 घटना चीनको हो । न्वारान नगरिएका ती बालकको अभिभावकका एक साथीले फोटो खिच्दा क्यामराको फ्ल्यास लाइट बन्द गर्न बिर्सिएको कारण आँखाको ज्योति गुमेको समाचारमा बताइएको छ ।

 ती बालकको कलिलो नानीमा क्यामराको कडा प्रकाशले असर पारेको डाक्टरले बताएका छन् । क्यामरा र अनुहारबिच १० इन्चभन्दा पनि कम दुरीमा फ्ल्यास दिएर फोटो खिच्दा आँखाको नानीको कोशिकामा गम्भिर असर पुगेको बताइएको छ ।

 दाँया आँखामा हेर्ने क्षमता अत्यन्त कम रहेको र बाँया आँखा पुरै बन्द भएको चिकित्सकले बताएका छन् ।

 फोटो खिच्ने बालकका परिवारका ती साथीले कस्तो कानुनी कारवाही भोग्नुपर्नेछ भन्ने प्रश्ट भएको छैन । अन्नपूर्ण पोष्टमा समाचार छ ।
Powered by Blogger.