दोलखामा फेरि अर्को भूकम्प गयो, स्थानीय त्रसित
काठमाडौं । वैशाख १२ गतेको भूकम्पको परकम्पनहरु आउने क्रम जारी रहेका बेला बिहीबार राति फेरि अर्को परकम्पन गएको छ ।

दोलखा जिल्लाको भीमेश्वर मन्दिर नजिकै तामाकोसी नदीमा केन्द्रविन्दु रहेको ४ दशमलव ५ म्याग्नेच्युटडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिहीबार राति आठ बजेर १८ मिनटमा परकम्पन गएको थियो । दोलखामा परकम्पनको धक्का ठूलो महशुस गरिएको थियो ।
