बजारमा तीजको रौनक शुरु हुँदैं, ‘कोहि त्रिपालमा कोहि सुन किन्न पसलमा’
काठमाडौं । हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै छ । तीज आउन १ महिना बाँकी रहेपनि पनि बजारमा श्रृङ्गारका सामग्री किन्नेको भीड देखिन्छ ।
तीज नजिकिएको आभास बजारमा देखिएको नेपाली चेली दिदीबहिनीहरुको भीडभाडले पनि गर्छ । तीज मनाउने दिन नजिकिदै जाँदा बजारमा चहलपहल बढ्न थालेको छ । तीजमा महिलाले श्रृंगारका रुपमा प्रयोग गर्ने चुराधागो, लत्ताकपडादेखि सुन चाँदीको व्यापार बढी हुन्छ । तर गत साल भन्दा अहिले व्यापार केही कम भएको आभास भने व्यापारीलाई भएको छ ।
बैंशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण यस बर्षको तिज अन्य बर्षहरु जस्तो नहनु अनुमान काटिएको छ । तर पनि धेरै महिलाहरु तीजका लागि समान जुटाउन बजार धाउन थालेका छन् । परापूर्व काल देखि नै तिजलाई हिन्दू महिलाहरुले विशेष रुपमा मनाउने गर्दछन ।
तिजमा व्रत बसेर महादेव जस्तो बर पाउने अभिलाषा राख्ने वा पतिको दीर्घायूको कामना गर्ने मात्र होइन, यस पर्वमा धीत मरुञ्जेल नाच्ने, गाउने, मनको बह पोख्ने अनि रंगीचंगी कपडा र गहना पनि लगाउने गरिन्छ ।तीज नजिकिएको आभास बजारमा देखिएको नेपाली चेली दिदीबहिनीहरुको भीडभाडले पनि गर्छ । तीज मनाउने दिन नजिकिदै जाँदा बजारमा चहलपहल बढ्न थालेको छ । तीजमा महिलाले श्रृंगारका रुपमा प्रयोग गर्ने चुराधागो, लत्ताकपडादेखि सुन चाँदीको व्यापार बढी हुन्छ । तर गत साल भन्दा अहिले व्यापार केही कम भएको आभास भने व्यापारीलाई भएको छ ।

त्यसैले पनि महिलाहरु यो पर्वलाई भित्रै देखि रुचाउछन । तिजमा सजिएर हिडनको लागि यतिवेला हिन्दू महिलाहरु बजारमा लुगा–कपडा देखि चुरा पोते, धागो लगायतका श्रृगांरका सामाग्री किन्न व्यस्त देखिन्छन । तीजमा आफ्नो लागि मात्र नभई आफन्तका लागि पनि उपहार दिने गरिन्छ । खासगरि माइती पक्षले छोरी,चेलीलाई विभिन्न खालका कपडा,गहना उपहार दिने चलन छ ।
तर प्रत्येक वर्ष आउने नयाँ–नयाँ फेसनले गर्दा पनि किनमेल पहिला जस्तो परम्परागत भने छैन । हरेक साल फेसनमा आएका कपडा, गर गहना, खरिद गर्ने गर्दछन, महिलाहरु । तीज महिलाहरुले मात्र मनाउने भएकाले बजारमा महिलाहरुको चहलपहल अलि बढी नै देखिन्छ । उसैपनि श्रृंगार गर्न रुचाउने महिलाहरुमा यतिवेला प्रतिस्पर्धा छ, कोहि भन्दा कम नहुने । राष्ट्रिय खबरबाट लिएको सामग्री !
