बाढीका कारण गुजरातमा ३० को मृत्यु, थुप्रै गाउँ सम्पर्क बाहिर
भारत । भारी मात्रामा भएको वर्षापछि आएको बढी र पहिरोमा परेर गुजरातको रामकोट र अमरेली जिल्लामा ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सयौं व्यक्ति सम्पर्कबाहिर भएको जनाइएको छ ।
बुधबारबाट सुरु भएको भारी वर्षका कारण सहरका थुप्रै इलाका डुबानमा परेका छन भने करिब ३० गाउँ गुजरातको सम्पर्क बाहिर रहेका छन् । गिर सोमनाथ, जुनगढ, द्वाराका, बोटड र सुरेन्द्रनगर जिल्लामा भारी वर्ष भएको बिबिसीले जनाएको छ ।

अधिकारीका अनुसार सत्रुजया नदिमा आएको बाढी थुप्रै गाउँमा पसेको छ । यसलै स्थिति भयावह भएको बताइएको छ । दुवै प्रभावित क्षेत्रमा प्रहरीले व्यापक मात्रामा उद्धार र राहतकार्यलाई अगाडि बढाएको छ । रक्षा मन्त्रालयका प्रवक्ता भारतीय वायु सेनाको हेलिकोप्टर पनि उद्धार कार्यका लागि त्यस क्षेत्रमा पुगेको जानकारी दिएका छन् ।
उनका अनुसार अहिलेसम्म त्यस क्षेत्रमा ८७ व्यक्तिको उद्धार गरिएको छ । वर्षाका कारण त्यस क्षेत्रमा बिजुली आपूर्ति पूर्णरुपमा प्रभावित भएको छ ।
राजकोट जिल्लाका प्रमुखकका अनुसार अहिलेसम्म १७ गाउँका ४ हजारभन्दा बढी व्यक्ति घर छोडेर सुरक्षित स्थानमा पुगेका छन् । बाढीका कारण बस तथा रेल्वेसेवा पूर्ण रुपमा प्रभावित भएको बताइएको छ ।